दार्चुला – UANTO को जिल्ला परिषद सम्पन्न: शि.राम दत्त पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१८ फागुन २०८१, दार्चुला।
जिल्लाको शैेल्यसिखर नगरपालिका -९ गोकुलेश्वर स्थित अपिनाम्पा होटेलमा एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO) दार्चुलाको दोस्रो जिल्ला परिषद सम्पन्न भएको छ।
उक्त परिषद्बाट शिक्षक रामदत्त पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको जिल्ला का निवर्तमान अध्यक्ष जनक सिंह धामीले जानकारी दिएका छन्।
UANTO को दोस्रो जिल्ला परिषद फागुन १७ गते जिल्लाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा सम्पन्न भएको थियो।
दोस्राे जिल्ला परिषदबाट अध्यक्षमा राम दत्त पन्त, उपाध्यक्षमा रेखा कार्की, सचिवमा राम सिंह डोबाल र कोषाध्यक्षमा वीरभान धामी सदस्यमा शान्ति ठगुन्ना, हरिकृष्ण भट्ट, शंकर दत्त भट्ट, मनोज कुमार भट्ट, केशर सिंह धामी, अमर राम टमटा, महादेव विष्ट लगायतको २१ सदस्यीय जिल्ला समन्वय समिति चयन गरेको छ।
साथै फागुन १६ र १७ गते सनमचाल भएको जिल्ला परिषद परिषदले शैक्षिक र पेसागत शैक्षिक आन्दोलनलाई शसक्त पार्ने महत्त्वपूर्ण निर्यणका साथ सामाजिक सञ्जाल मार्फत नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीले नेपाली शिक्षकहरुको पेसागत भूमिकालाई निरुत्साहित गर्दै उपेक्षा गरेको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै खेद प्रस्ताव पनि समेत पारित गरेको छ।
परिषद् निवर्तमान अध्यक्ष जनक सिंह धामीको अध्यक्षतामा, संगठनको केन्द्रीय उपमहासचिव एवम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज दल बहादुर कार्की (दखल) को प्रमुख आतिथ्यता,नेकपा (माओवादी केन्द्र) दार्चुला जिल्ला ईन्चार्ज लक्ष्मण दत्त जोशी, जिल्ला संयोजक पदम पन्त, जिल्ला सचिव विनोद कुँवर, संगठनका केन्द्रीय सल्लाहकार श्यामराज जोशी, प्रदेश सल्लाहकार हर्क बहादुर चन्द, नौगाड गाउँपालिका सामाजिक विकास संयोजक तथा पालिका प्रवक्ता राजेन्द्र सिंह बोहरा र हिस्टानको बैतडी अध्यक्ष खेमराज जोशीको आतिथ्यता लगायत जिल्ला भरिका शिक्षकहरुको सहभागितामा सम्पन्न भएको थियो, भनि UANTO का शिक्षक धनबहादुर धामीले जानकारी दिएका छन्।






