- Home
- Showing Post From:-राजनीति
राजनीति
दार्चुला।फागुन २१ गते हुने निर्वाचनमा सडक निर्माणको माग पूरा नभएसम्म भोट बहिस्कार गर्ने बस्तीहरू दार्चुलामा थपिएका छन्। नौगाड गाउँपालिका–१ नागुका ६०२ मतदाताले दल्लेख–नागु–सिना सडकको काम अगाडि नबढेसम्म भोट नदिने निर्णय दोहोर्याएका छन् भने व्याँस गाउँपालिका–२ राप्ला बोदगाउँका राप्लावासीले पनि चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन्। फागुन ४ गते दुहुँ गाउँपालिका–१ पिपलचौरी सौतेलीका ५० घरधुरीले सडक बन्ने ग्यारेन्टी नभएसम्म कसैलाई भोट नदिने निर्णय गरेका छन्। संघर्ष समिति सचिव हेमन्त सिंह ठकुरीले आफूसँग १५० भोट रहेको र सडक पुर्याउने पार्टी वा नेताको पक्षमा २०८४ को स्थानीय तथा प्रदेश निर्वाचनमा भोट दिने बताए। …
दार्चुला ।आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो राजनीतिक गतिविधि तीव्र बनाएको छ। माघ १५ गतेदेखि नेकपा दार्चुलाले राष्ट्रवादी नेता प्रेम सिंह धामीको शालिकमा माल्यार्पण गर्दै जनयुद्धका ७२ जना सहिदहरूको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरी सहिद परिवारबाट प्राप्त आशिर्वाद र सात्तोलाई प्रसादका रूपमा ग्रहण गर्दै चुनावी रणनीति तय गर्ने प्रक्रिया अघि बढाएको छ।नेकपा दार्चुलाले आफूलाई जनभावनाअनुरूप काम गर्ने पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ। एमाले र कांग्रेसका नेताहरूको तुलनामा जनतासँग प्रत्यक्ष संवाद गर्न सक्ने क्षमता आफ्ना नेताहरूमा रहेको दाबी पार्टीको छ। यद्यपि संगठनात्मक …
काठमाडौँ । पत्रकार तथा सामाजिक अभियन्ता दिल निसानी मगरले सहिद दिवसको सन्दर्भमा राजनीतिक दलका नेतृत्वमाथि कडा प्रहार गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले वर्तमान राजनीतिक प्रणाली र यसका सञ्चालकहरूलाई ‘अघोषित हत्यारा’ को संज्ञा दिँदै ‘सहिद दिवसको नाटक नगर्न’ चेतावनी दिएका हुन्।राणा शासन र वर्तमान लोकतान्त्रिक/गणतान्त्रिक व्यवस्थाको तुलना गर्दै मगरले अहिलेका शासकहरू राणाहरू भन्दा पनि क्रुर भएको आरोप लगाएका छन्।‘राणाले ४ जना मारे, तिमीहरूले १७ हजार’मगरले आफ्नो पोस्टमा ऐतिहासिक तथ्याङ्कलाई वर्तमानसँग जोड्दै लेखेका छन्, “प्रजातन्त्र माग्दा राणाहरूले जम्मा ४ जना मारेका थिए। तर सामाजिक सञ्जालको फुकुवा माग्दा तिमीहरूले ४५ …
८५ वर्षमा व्यवस्था फेरियो तर सत्ताको चरित्र फेरिएन: बालेन शाहकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपालमा पटक-पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ। शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शहीदका सपना अझै अधुरै रहेको उल्लेख गर्नुभएको हो।प्रमुख शाहले ८५ वर्षअघि राणा शासनको अन्त्यका लागि जीवन आहुति दिने चार शहीदहरू— गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको स्मरण गर्दै तत्कालीन राज्यको क्रूरताको चर्चा गर्नुभएको छ।‘शहीदका सपना अझै पुरा भएनन्’बालेनले २००७ सालमा राणा शासन अन्त्य भए …
दार्चुला । मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयको हकहित र वातावरणीय प्रभावलाई बेवास्ता गरेको भन्दै दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन्। ‘मकरीगाड हाइड्रोपावर सेयर वितरण संघर्ष समिति’ ले आफ्ना मागहरु पूरा गर्न कम्पनी र गाउँपालिका दुवैलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ।संघर्ष समितिले पुस २५ गते मकरीगाड हाइड्रोपावरको काठमाडौँस्थित कार्यालयमा कार्यकारी निर्देशकलाई र पुस २८ गते अपिहिमाल गाउँपालिकाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै ३ दिनभित्र माग सम्बोधन नभए पावर प्लान्ट नै बन्द गर्ने चेतावनी दिएको छ।के छन् स्थानीयका माग ?संघर्ष समितिका अध्यक्ष देविन्द सिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मुख्य गरी सेयर वितरण र स्थानीय …
खलंगा, दार्चुला ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महाकाली नगर कमिटीको उपलब्ध पदाधिकारीहरुको एकता बैठक सम्पन्न भएको छ। जिल्ला पार्टी कार्यालय खलंगामा सम्पन्न बैठकले जिल्ला स्तरीय एकता सन्देश सभाको समीक्षा गर्नुका साथै आगामी नगर स्तरीय कार्यक्रमहरुको ठोस कार्ययोजना पारित गरेको छ।नगर कमिटी अध्यक्ष गणेश खत्रीको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी माघ २५ गतेदेखि नगरका सबै नौ वटै वडाहरुमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ।वडा स्तरीय कार्यक्रमको कार्यतालिकाबैठकले वडाको भूगोल र आवश्यकता अनुसार फरक-फरक प्रकृतिका कार्यक्रमहरु तय गरेको छ: * वडा नम्बर १, २ र ३: वडा स्तरीय एकता बैठक, घरदैलो …
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा स्वतन्त्र राजनीतिक व्यक्तित्वका रूपमा चर्चित बालेन्द्र (बालेन) साह औपचारिक रूपमा दलीय राजनीतिमा प्रवेश गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बालेन पक्षीय नेताहरूको संगठित प्रवेशसँगै पार्टीको केन्द्रीय संरचनामा उल्लेख्य फेरबदल देखिएको छ।रास्वपाले बालेन साहलाई वरिष्ठ नेताको जिम्मेवारीसहित केन्द्रीय भूमिकामा समेट्दै बालेन पक्षीय २६ जनालाई केन्द्रीय सदस्यका रूपमा पार्टीमा थप गरेको हो। लामो समयदेखि वैकल्पिक राजनीति, सुशासन र भ्रष्टाचारविरुद्धको एजेन्डामा सहकार्य गर्दै आएका पात्रहरू रास्वपाको केन्द्रीय संरचनामा पुगेपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ।रास्वपामा थपिएका बालेन पक्षीय केन्द्रीय सदस्यहरू यस्ता छन् :वरिष्ठ नेता बालेन्द्र …
गोकुलेश्वर, दार्चुला एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दार्चुलाको जिल्ला भेला तथा बैठक शनिबार गोकुलेश्वरमा भव्यताका साथ सम्पन्न भएको छ। संगठनकी उपाध्यक्ष रेखा कार्कीको अध्यक्षतामा भएको उक्त भेलाले प्रकाशसिंह ठगुन्नाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।भेलाले खण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशसिंह ठगुन्नाको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको छ। समितिको पदाधिकारीहरू निम्न बमोजिम रहेका छन्: * अध्यक्ष: प्रकाशसिंह ठगुन्ना * उपाध्यक्ष: रेखा कार्की * सचिव: रामसिंह डोबाल * कोषाध्यक्ष: वीरभान धामीकार्यक्रममा संगठनका केन्द्रीय सल्लाहकार तथा जिल्ला इन्चार्ज श्यामराज जोशी, प्रदेश परिषद् सदस्य जनकसिंह …









