Comments Add Comment

नेपाल–चीन सीमा पिल्लर १ मा संयुक्त निरीक्षण टोलीको अनुगमन सम्पन्न



१४साउन २०८२, दार्चुला।
दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ स्थित छाङरुबाट नेपाली सुरक्षा निकाय र सञ्चारकर्मीको संयुक्त टोलीले नेपाल–चीन सीमाको नम्बर १ पिल्लर क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेको छ।

२०८२ साल साउन १० गते बिहान १०:३० बजे सशस्त्र प्रहरी निरीक्षक अनिल बहादुर शाहीको कमाण्डमा १/२० जनाको २४/७ “On the Ground” टोली छाङरुबाट प्रस्थान गरेको थियो। उक्त टोलीमा नेपाल प्रहरी ईलाका प्रहरी कार्यालय तिंकरका प्रहरी सहायक निरीक्षक मानबहादुर रोकायको नेतृत्वमा पाँच जना प्रहरी, न्यू २४ टेलिभिजन दार्चुलाका टिभी जर्नालिष्ट तथा नेपाल पत्रकार महासंघ दार्चुलाका सहसचिव हरिप्रसाद जोशी सहित widenepal का संवादाता जिज्ञासु खत्री समेत सहभागी थिए।

टोलीले छाङरु, राकाङ, तिंकर, छियालेक, डुङ्काङ हुँदै टाटा मार्ग भएर नेपाल–चीन सीमा पिल्लर नं. १ सम्मको यात्रा गरी साउन १२ गते दिउँसो १२:४५ बजे फिर्ता भएको हो।

अनुगमन टोलीसँगै खटिएका सशस्त्र प्रहरी बल नेपाल नं ५० का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक फणेन्द्र बहादुर शाहीले सीमास्तम्भ क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै तिंकरस्थित बोर्डर आउट पोस्टको समेत निरीक्षण गरेका थिए। उनले त्यहाँ कार्यरत सशस्त्र प्रहरी जवानहरूलाई राष्ट्रसेवामा उच्च मनोबलका साथ लाग्न प्रेरणा प्रदान गर्दै निर्देशनसमेत दिएका थिए।

यो अनुगमनले नेपालको संवेदनशील सीमा क्षेत्रको सुरक्षा अवस्था बुझ्न, स्थानीय बासिन्दाको भावना संकलन गर्न तथा सञ्चारकर्मीमार्फत वास्तविकता उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यतिबेला नेपाली व्यवसायीहरु चीनको ताक्लाकोटमा व्यवसाय गर्नको लागि त्यतातर्फ प्रस्थान गरेका छन् भने सुरक्षा निकायले बेलाबेला सिमा क्षेत्रमा निरीक्षण अवलोकन गरिरहन्छ भनि DSP फणेन्द्र बहादुर शाहिले बताएका छन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment