दार्चुला।
नौगाड गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०८२ सम्पन्न भएको छ।
पुष -०९ देखि १२ गतेसम्म सन्चालन भएको उक्त प्रतियोगितामामा पालिका भरीका ७ वटा विद्यालयहरुको सहभागिता रहेको थियो। जसमा १५ स्वर्ण ६ रजत र ३ कास्य गरी जम्मा २४ वटा पदक जित्न सफल श्री गणेश विनायक मावि सिप्टिले ले प्रथम स्थान हात पारेको छ।
७ वटा स्वर्ण ७ वटा रजत र ८ वटा कास्य गरी जम्मा २२ वटा पदक जित्न सफल भएको श्री जनहित मावि धुलिगडा’ले द्वितीय स्थान प्राप्त गरेको छ भने ५ वटा स्वर्ण ८ रजत र ४ वटा कास्य सहित १७ वटा पदक जित्न सफल श्री केदारेश्वरी मावि सुण्डमुण्ड ले तृतीय स्थान हात पारेको छ। भनि नौगाड गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी ले जानकारी दिएका छन्।
विजेता,उपविजेता र विभिन्न स्थान प्राप्त विद्यालयहरुलाई पालिका अध्यक्ष दलजीत सिंह धामी, उपाध्यक्ष जगत सिंह ठगुन्ना लगायत जनप्रतिनिधिहरुले मेडल ट्रफि वितरण गरी बधाई दिएका थिए।







