Comments Add Comment

जनस्वास्थ्य निरीक्षक पन्तले थाले निःशुल्क स्वास्थ्य परिक्षण अभियान, चौतर्फी प्रशंसा


जनस्वास्थ्य निरीक्षक पन्तले थाले निःशुल्क स्वास्थ्य परिक्षण अभियान, चौतर्फी प्रशंसा

२० मंसिर २०८१ , दार्चुला।
जिल्लाको लेकम गाउँपालिका -२ गराडी स्थित सर्मोली स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक अधिकृत छैंटौं दिपक पन्त ले निशुल्क स्वास्थ परीक्षण अभियान थालेका छन्।

वडा नं २ भित्र रहेका हरेक विद्यालयमा गई विद्यार्थी हरुको नाक,कान, घाटी तथा मुख सम्बन्धी शिविर एवम् नि:शुल्क रगत समुह जाँच गर्ने अभियान मंसिर १७ देखि थालनी गरेको पन्तले गतिशील न्यूज लाई बताए।

सुरुको दिन पहिलो चरणमा श्री मालिकार्जुन आवि गराडीका कुल ११३ जनाकाे नाक, कान, घाँटी तथा मुख सम्बन्धी चेकजाँच गरिएको थियो जसमा
कानको समस्या पुरुष ७, महिला ५ गरी १२ जना, दाँतको समस्या पुरुष६ महिला १२ गरी १८ जना मा देखिएको थियो भने दाँत निकालेको पुरुष५ महिला३ गरी ८ जना रहेका थिए।
  
यस्तै कुल ६४ जनाको रगत ग्रुप जाँच गरेकोमा सबैभन्दा बढी A पोजिटिभ – ३९% २५ जना B पोजिटिभ -३१% २० जना O पोजिटिभ -१६% १०जना Ab पोजिटिभ – १४% ९ जना रहेका थिए।

श्री हुनैनाथ बालिचन आवि भाटाईजरका कूल ३८ जना काे नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य चेकजाँच गर्दा ४ पुरुष ६ महिला गरी १० जनाको कानको समस्या, ७ पुरुष ९ महिला गरी १६ जनालाई दाँतको समस्या देखिएको थियो भने २ पुरुष ३ महिला गरी ५ जनाको दाँत निकालेको थियो।

अनि रगत समुह जाँच गर्दा कुल १६ जनामध्ये सबैभन्दा बढी बी पोजिटिभ ४४% ७ जना, ए पोजिटिभ ३१% ५जना , ए नेगेटिभ १२.५ % २ जना र एबी पोजिटिभ १२.५% जना रहेका थिए।


यस्तै मंसिर १९ गते श्री केदारनाथ मावि धरमघरका कूल १४६ जना विद्यार्थीहरुकाे नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी चेकजाँच गर्दा १६ पुरुष ९ महिला गरी २५ जनालाई कानको समस्या, १७ पुरुष १६ महिला गरी ३३ जनालाई दाँतको समस्या, २ पुरुष ४ महिला गरी ६ जनालाई घाटीको समस्या देखिएको थियो भने ३ पुरुष ५ महिला गरी ८ जनाको दाँत निकालिएको थियो।
यस्तै ५८ जनाको रगत ग्रुप जाँच गर्दा सबैभन्दा बढी ए पोजिटिभ ३१ प्रतिशत, बी पोजिटिभ २४ प्रतिशत, ओ पोजिटिभ २१ प्रतिशत, एबी पोजिटिभ १६ प्रतिशत, ए नेगेटिभ २ जना, बी नेगेटिभ १ जना, एबी नेगेटिभ २ जना र ओ नेगेटिभ एकजना को परीक्षण गरिएको थियो।

र पहिलो चरणमा सबै स्कूलहरुको परीक्षण सकिएपछि, दोस्रो चरणमा Silent Killer रोगहरू,नसर्ने रोग पहिचान तथा व्यवस्थापन अन्तर्गत उच्चरक्तचाप र मधुमेह परीक्षण गरिनेछ भने Suger test kit doner को खोजि मै छौँ भनी जनस्वास्थ्य निरीक्षक अधिकृत छैंटौं दिपक पन्त ले बताएका छन्। पन्तले यो अभियान थाले संगै उहाँको सामाजिक सञ्जालमा चौतर्फी प्रसंशा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment