- Home
- amale
Tags
देशलाई संकटबाट निकाल्न एमाले एकताबद्ध हुनुपर्छ : गणेशसिंह ठगुन्नादार्चुला — नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व सांसद गणेशसिंह ठगुन्नाले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकलाई संकटपूर्ण अवस्थातर्फ धकेल्ने प्रयास गरिरहेको बताएका छन् । उनले यस्तो संवेदनशील परिस्थितिमा एमालेका सम्पूर्ण कार्यकर्ताहरू एकताबद्ध भई राष्ट्रियता, सार्वभौमसत्ता र लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका छन्।पार्टी बैठकमा बोल्दै ठगुन्नाले सचिवालय तर्फबाट प्रस्तुत विशेष प्रस्तावको पूर्ण समर्थन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सञ्चालन भइरहेका विकास योजनाहरु र राष्ट्रिय स्वाभिमानका पक्षमा राखिएको अडानको प्रशंसा गरे।उनका अनुसार ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागमा नेपालको स्वामित्वका …
अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्षगाँठ, प्रधानमन्त्री ओलीद्वारा शुभकामना सन्देश२० जेठ २०८२, दार्चुला ।सगरमाथा भन्दा पहिला नै मानव पाइला टेकेको पहिलो आठहजार मिटरको शिखर — अन्नपूर्ण हिमालको सफल आरोहण भएको आज ७५ वर्ष पूरा भएको छ। यस अवसरमा देश-विदेशका पर्वतारोहीहरू, पर्यटन व्यवसायी, स्थानीयवासी र अधिकारीहरू अन्नपूर्ण बेसक्याम्पमा भेला भएका छन्।सन् १९५० मे ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस लाचेनालको नेतृत्वमा अन्नपूर्ण शिखर पहिलोपटक सफलतापूर्वक आरोहण गरिएको थियो। यही ऐतिहासिक दिनको सम्झनामा आज विशेष कार्यक्रमहरू आयोजना गरिँदै छन्।यस ऐतिहासिक दिनको सन्दर्भमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत “अन्नपूर्ण …
एमाले सुदूरपश्चिम दलका नेता राजेन्द्र रावलले फिर्ता गरे सरकारी गाडी४ वैशाख २०८२, दार्चुला।एमाले सुदूरपश्चिम प्रदेशसभा दलका नेता राजेन्द्र रावलले आफू प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेश सरकारलाई फिर्ता गरेका छन्।रावलले जनताको करबाट सञ्चालन हुने स्रोतसाधनको मर्यादित प्रयोग हुनुपर्ने भन्दै बुधबार प्रदेश सभा सचिवालयमार्फत गाडी बुझाएका हुन्।उनको यो कदमलाई सामाजिक सञ्जालमा सकारात्मक रूपमा हेरिएको छ। नेताहरूले जबाफदेही व्यवहार देखाउनुपर्ने सन्देशसमेत उनले दिएका छन्।
