Comments Add Comment

पदम विष्टको नेतृत्वमा ११ सदस्यीय “झुलेडी बाटैधार सामुदायिक बन उपभोक्ता समिति” गठन

पदम विष्टको नेतृत्वमा ११ सदस्यीय “झुलेडी बाटैधार सामुदायिक बन उपभोक्ता समिति” गठन

२ चैत २०८१, दार्चुला।
जिल्लाको शैेल्यसिखर नगरपालिका -७ खोल्सी मा “झुलेडी बाटैधार सामुदायिक वन उपभोक्ता समिती ” को अध्यक्षमा पदम सिंह विष्ट रहने गरी ११ सदस्यीय समिति चयन गरिएको छ।

२०५१ सालमा स्थापना गरिएको उक्त समिति निष्क्रिय अवस्थामा रहेको थियो भने वडा भित्रको वन वातावरण जोगाउन सामुदायिक वन उपभोक्ता समिती लाई सक्रिय गरिएको स्थानीय मनोज सिंह धामी ले जानकारी दिएका छन्।

‘झुलेडी बाटैधार सामुदायिक बन उपभोक्ता समिति’ का अध्यक्ष श्री गौर सिंह धामीको अध्यक्षतामा आम उपभोक्ता भेला भई बसेको बैठकबाट नयाँ उपभोक्ता समिति चयन गरिएको हो। जसमा अध्यक्ष – पदम सिंह बिष्ट, उपाध्यक्ष – मानमती धामी ,सचिब -महेश सिंह बिष्ट , कोषाध्यक्ष – दिपा बिष्ट ,सदस्य- फुन्ना बिष्ट,धनपती बिष्ट,मदन सिंह बिष्ट ,गौर सिंह धामी ,चन्द्र सिंह बिष्ट ,भान सिंह धामी, जानकी बिष्ट चयन भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment