- Home
- Showing Post From:-साहित्य
साहित्य
८५ वर्षमा व्यवस्था फेरियो तर सत्ताको चरित्र फेरिएन: बालेन शाहकाठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपालमा पटक-पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ताको चरित्र परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ। शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शहीदका सपना अझै अधुरै रहेको उल्लेख गर्नुभएको हो।प्रमुख शाहले ८५ वर्षअघि राणा शासनको अन्त्यका लागि जीवन आहुति दिने चार शहीदहरू— गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको स्मरण गर्दै तत्कालीन राज्यको क्रूरताको चर्चा गर्नुभएको छ।‘शहीदका सपना अझै पुरा भएनन्’बालेनले २००७ सालमा राणा शासन अन्त्य भए …
दार्चुला। ✍️दिलनिसानी मगर – प्रचण्डको माग अनुसार नेपालमा पहिलो पटक समानुपातिक व्यवस्था ल्याइँदा उनको निकै खोइरो खनियो। तर जसले त्यतिबेला समानुपातिक प्रतिनिधित्वको विरोध गर्थे, आज तिनैले समानुपातिक सूचीमा आफ्नो नाम घुसाइसकेका छन्। नेपाली सेनाको लोकतान्त्रिकरण गरौँ, यो सलामी र मलामी बाहेक अरु गर्न नजानेको सेनाले काम दिँदैन भनेर प्रचण्डले २० वर्षअघि नै भनेका थिए। त्यतिबेला प्रचण्डलाई देशद्रोही भन्नेहरू आज आएर नेपाली सेनाले सिंहदरबार जोगाउन सकेन भन्दै डाँको छाडेर रुवाबासी गरिरहेका छन्।हर्क साम्पाङको श्रमदान प्रशंसनीय छ, तर यो श्रमदान शब्दको आविष्कारक हर्क साम्पाङ होइनन्। सशस्त्र संघर्षको समयमा नै प्रचण्डले श्रमदान अभियान …
“भावविह्वल भानुराम” — ४ दशकअघिको अपमान अहिले पनि बिर्सन सकेका छैनन्लेकम, दार्चुला — साउन १७, २०८२।दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ) मोहन सिंह धामीले ७८ वर्षीय भानुराम कामीको नागरिकता सम्बन्धी पुरानो, पीडादायी स्मृतिबारे सामाजिक सञ्जालमा एक मार्मिक संस्मरण साझा गरेपछि घटना सार्वजनिक चासोको विषय बनेको छ।धामीका अनुसार लेकम गाउँपालिका–४, खरकडा निवासी भानुराम कामीले २०४३ साल माघ महिनाको पहिलो हप्तामा नागरिकता बनाएका थिए। त्यसबेला गाउँमा पुगेको नागरिकता टोलीले भानुरामको नागरिकता बनाए पनि तत्काल हस्तान्तरण नगरी उनलाई जोलजिवीसम्म भारी बोकाएर लगिएको थियो। टोलीले नागरिकता त दिएको थियो, तर भानुरामले अन्तिममा खाना …
✍️ – हितेश बिष्टनेपालको सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक विकासमा भौगोलिक अवस्थाले महत्वपूर्ण भूमिका खेलेको छ। विशेष गरी विकट भौगोलिक बनावटले ग्रामीण क्षेत्रको शिक्षा प्रणालीमा प्रत्यक्ष असर पारिरहेको छ। दुर्गम भूभाग, अप्ठ्यारो बाटो, सीमित स्रोत साधन, कमजोर पूर्वाधार र पहुँचको अभावले गर्दा ग्रामीण शिक्षा निरन्तर खस्किँदो अवस्थामा पुगेको छ।आज पनि हजारौँ बालबालिका विद्यालयसम्म पुग्न सक्दैनन्। सडकको अभाव, भरपर्दो सञ्चारको कमी, र असहज भूगोलका कारण गाउँका विद्यालयहरूमा पठनपाठन नियमित छैन। अधिकांश विद्यालय अस्थायी संरचनामा सञ्चालित छन्, जसले बर्खायामजस्ता समयमा पढाइ नै बन्द गराउँछ।▪️शिक्षामा पहुँच त छ, गुणस्तर छैननेपालका ग्रामिण भेगहरूमा विद्यालयहरू …
माओवादी आन्दोलनबारे डा. बाबुराम भट्टराईको विश्लेषण : “अब आँखाखोलौं”दार्चुला, २७ असार ।नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी आन्दोलनका प्रमुख रणनीतिज्ञ डा. बाबुराम भट्टराईले हालै माओवादी आन्दोलनका सन्दर्भमा गहिरो विश्लेषण प्रस्तुत गर्दै “अब आँखाखोलौं” भन्ने चेतावनीमूलक सन्देश सार्वजनिक गरेका छन्। उनका अनुसार माओवादी आन्दोलन कुनै एक नेताको फुट वा एकताको सवाल मात्र नभएर सैद्धान्तिक, रणनीतिक र ऐतिहासिक मूल्यांकनको विषय हो।माओवादी आन्दोलन सफल कि असफल?डा. भट्टराईका अनुसार नेपाली माओवादी आन्दोलन सापेक्ष रुपमा विश्वकै सफल सशस्त्र आन्दोलनमध्ये एक हो। उनले क्याम्बोडिया, पेरु, भारत, टर्की, फिलिपिन्स लगायत देशहरूमा भएका आन्दोलनसँग तुलना गर्दै नेपालको आन्दोलनले संविधानसभा, गणतन्त्र, …
नौगाड–मार्मा गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक, साझा विकासका ६ निर्णय पारितनौगाड, असार ४ गते — दार्चुलाको नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाबीच आज अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ। नौगाड गाउँपालिका अध्यक्ष श्री दलजीत सिंह धामीको अध्यक्षता र मार्मा गाउँपालिका अध्यक्ष श्री जमन सिंह धामीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकले दुई पालिकाको साझा हितमा रहेका ६ महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।पारित निर्णयहरू यसप्रकार छन्:1. सडक आयोजनाको एकीकरण — तपोवन–मुरै–निम्ठा–सिप्टी हुँदै होपरीगाड र नौगाड–होपरीगाड–विनायक सडकलाई एउटै आयोजनाको रुपमा प्रदेश गौरवको आयोजना कायम गर्न सिफारिस गर्ने।2. सडक पुल निर्माण — नौगाड खोलामा वडा नं …
वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन धनगढीमा सुरु३० वैशाख २०८२, दार्चुला ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलन आजदेखि प्रदेश राजधानी धनगढीमा भव्य रूपमा सुरु भएको छ।उद्घाटन समारोहमा पार्टीका केन्द्रिय नेताहरू, प्रदेश स्तरका अग्रज कार्यकर्ता तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ। सम्मेलनले संगठनको संरचनागत सुदृढीकरण, युवा नेतृत्वको विकास, समसामयिक राजनीतिक अवस्थामाथि छलफल, तथा प्रदेशका युवाहरूको समस्यालाई उठान गर्ने विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ।कार्यक्रमको उद्घाटन सत्रमा वाईसीएलका केन्द्रिय अध्यक्ष, माओवादी केन्द्रका प्रदेश इन्चार्ज, प्रदेश सरकारका प्रतिनिधि तथा अन्य अतिथिहरूले …
जनतासँग माओवादी अभियान सुरु: पुष्पलाल लोकमार्ग क्षेत्रमा जनजागरण यात्रा२६ वैशाख २०८२, दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले “जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान” सञ्चालन गर्ने भएको छ। अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु हुनेछ।माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग आसपासका जिल्लाहरूमा जनसंवाद, जनसभा तथा भेटघाटमार्फत पार्टीको सन्देश जनस्तरसम्म पुर्याउने उद्देश्यसहित अभियान अघि बढाएको हो भने प्रदेश समिति प्रचार विभाग प्रमुख ओम भाटले बताएका छन्।अभियानको समय तालिका निम्नअनुसार छःजेठ १ गते: डडेल्धुरामा अभियानको सुरुवात, साँझको कार्यक्रमजेठ २ गते: बैतडीको पाटनमा जनसभा, डडेल्धुरा र डोटी (दिपायल) मा जनसंवादजेठ ३ …
नेपालतर्फ पैदल बाटो समेत नहुदाँ भारतकै बाटो भएर लागे छाङरु तिकंरवासी गाउँतिर : तस्विरहरु २१ वैशाख २०८२, दार्चुला – शारदा पन्त।दार्चुलाको व्याँस गाउँपालिका -१ छाङरु तिकंर का नागरिकहरु भारतकै बाटो भएर सदरमुकाम खलंगाबाट प्रस्थान गरेका छन्:तस्विरहरु:









