दार्चुला: ठण्याभिरमा कार्यरत स्काइभेटर महाकालीमा पुरियो, अपरेटर घाइते
११ माघ २०८१, दार्चुला।
महाकाली नगरपालिका -५ ठण्याभिर मा काम गर्दैगरेका चालक स्काईभेटर सहित महाकाली नदी किनारमा पुरिएको र भर्खरै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकरी दिएको छ।
आज बिहान ५:०० बजेतिर काम गरिरहेको बेला माथिबाट पहिरो खसेर स्काइभेटर सहित चालक रेशम बुढामगर महाकाली नदीमा खसेका थिए। तत्काल डिएसपी प्रकाश दाहाल नेतृत्व को टोलि घटना स्थलमा पुगेर उद्धार गरिएको थियो।
बिहानै महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट,प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, शसस्त्र का एसपी हर्कराज पन्त पनि घट्ना स्थल पुगेका थिए।
यति बेला घाइते अपरेटर बुढामगरको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।










