Comments Add Comment

माओवादी जनयुद्ध: सामाजिक न्याय र जनपक्षीय परिवर्तनको संघर्ष

माओवादी जनयुद्ध: सामाजिक न्याय र जनपक्षीय परिवर्तनको संघर्ष


माओवादी लडाकु स्वेता भट्ट लेख्नुहुन्छ:
नेपालको इतिहासमा २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्ध केवल बन्दुकको कथा थिएन। यो युद्ध सामाजिक अन्याय, वर्गीय शोषण, जातीय विभेद, लैंगिक उत्पीडन, र राज्यद्वारा उपेक्षित समुदायहरूको मुक्ति आन्दोलन थियो। यस आन्दोलनको मूल ध्येय थियो—नेपालमा समाजवादमार्फत समानता, न्याय र समावेशीतामा आधारित नयाँ सामाजिक संरचना निर्माण गर्नु। र यही ऐतिहासिक आन्दोलनमा अग्रपंक्तिमा देखिए हजारौँ परिवर्तनकारी अग्रगामी महिला हरु त्यो मध्ये एक म स्वेता भट्ट।

स्वेता भट्ट: साहसको नाम

स्वेता भट्ट, एक साधारण परिवारमा जन्मिए पनि सपना असाधारण थिए। बाल्यकालदेखि नै समाजमा महिलाको दोहोरो शोषण—घरभित्र र बाहिर—अनुभव गरे। जब माओवादी जनयुद्धको आह्वान भयो, आफ्नो व्यक्तिगत पीडा र सामाजिक अन्यायको विरुद्ध आवाज उठाउन युद्धलाई रोजे। युद्धको कठोर परिस्थितिमा पनि हिम्मत गुमाइन, बरु सशक्त नेतृका रूपमा उदाए।

जनयुद्ध: जनताको पक्षमा उभिएको विद्रोह

नेपालको ग्रामीण भेगमा दशौं वर्षदेखि राज्यको उपेक्षा सहँदै आएका किसान, मजदुर, दलित, महिला, जनजाति, मधेसीलगायत समुदायका लागि माओवादी जनयुद्ध पहिलोपटक आवाज दिने आन्दोलन बन्यो। राज्यको पहुँचबाट बाहिर रहेका जनतालाई राजनीतिक सचेतना दिनु, अधिकारको माग गर्न सिकाउनु, र उनीहरूलाई संघठित गर्दै समतामूलक समाजको परिकल्पना गर्नु—यही थियो यो आन्दोलनको सार।
म जस्ता हजारौँ महिलाहरूको नेतृत्वले जनयुद्धलाई अझ जनमुखी बनायो। उनले मात्र लडाइँमै होइन, संगठन निर्माण, वैचारिक प्रशिक्षण, जनताबीच न्यायको चेतना फैलाउने कार्यमा गहिरो भूमिका निर्वाह गरिन्। यो युद्ध महिलालाई “दया वा सहानुभूतिको पात्र” होइन, “परिवर्तनकी चालकशक्ति” को रूपमा उभ्याउने एक ऐतिहासिक मोड बन्यो।

लेखकको दृष्टिबाट: सहभागीको अनुभूति स्वेता भट्ट

मैले पनि यो ऐतिहासिक आन्दोलनमा सँगै कदम मिलाएँ। हाम्रो उद्देश्य थियो—दिगो परिवर्तन। हामीले देखेका थियौं–विद्यालय जान नसक्ने बालबालिका, सुत्केरी हुँदा अस्पतालसम्म पुग्न नसक्ने महिलाहरू, न्यायको नाममा थुनिने गरिबहरू, र बोल्न नपाउने जातहरू। हामीले तिनै आवाजहरूसँग आफ्नो आवाज मिसायौं। त्यो केवल विचारको लडाइँ थिएन, त्यो एक जीवन शैलीको परिवर्तन थियो।

जनयुद्धको उपलब्धिहरू: नयाँ संविधान र समावेशी समाजको बाटो

युद्धपछि नेपालमा गणतन्त्र स्थापना भयो, धर्मनिरपेक्षता लागू गरियो, संघीयता आयो, नयाँ संविधान निर्माण भयो। यी सबै परिवर्तनहरूको जग हाल्ने शक्ति माओवादी जनयुद्धको योगदानले निर्माण गरेको हो। संविधानमा महिलाको समान सहभागिता, दलित अधिकार, आदिवासी जनजातिको आत्मनिर्णयको हक, भाषिक पहिचान, र संघीय संरचना—यी सबै माओवादी आन्दोलनका फल हुन्।

निष्कर्ष: युद्धको उद्देश्य र वर्तमान सन्दर्भ

यद्यपि समयसँगै आन्दोलनमा संलग्न नेताहरूको व्यवहार, विचलन र आलोचना पनि छन्, तर मूल आन्दोलनको मर्म अझै जनताको पक्षमा उभिएको एक शुद्ध आकांक्षा हो—समानताको लागि, आत्मसम्मानको लागि, र सामाजिक न्यायका लागि।

थुप्रै संघर्षशील महिलाहरू र हजारौं सिपाहीहरूको त्याग र बलिदान आज पनि समाजलाई सचेत पार्ने प्रेरणा हो। जनयुद्ध एउटा विद्रोह मात्र थिएन—त्यो आम जनताको लामो पीडाको उत्तर थियो, जुन परिवर्तनको यात्रामा परिणत भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment