जनतासँग माओवादी अभियान सुरु: पुष्पलाल लोकमार्ग क्षेत्रमा जनजागरण यात्रा
२६ वैशाख २०८२, दार्चुला – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले “जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान” सञ्चालन गर्ने भएको छ। अभियान जेठ २ गते बैतडीको पाटनबाट सुरु हुनेछ।
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग आसपासका जिल्लाहरूमा जनसंवाद, जनसभा तथा भेटघाटमार्फत पार्टीको सन्देश जनस्तरसम्म पुर्याउने उद्देश्यसहित अभियान अघि बढाएको हो भने प्रदेश समिति प्रचार विभाग प्रमुख ओम भाटले बताएका छन्।
अभियानको समय तालिका निम्नअनुसार छः
जेठ १ गते: डडेल्धुरामा अभियानको सुरुवात, साँझको कार्यक्रम
जेठ २ गते: बैतडीको पाटनमा जनसभा, डडेल्धुरा र डोटी (दिपायल) मा जनसंवाद
जेठ ३ गते: अछामको मङ्गलसेनमा जनसंवाद
जेठ ४ गते: दैलेख सदरमुकाममा जनसभा
जेठ ५ गते: जाजरकोटको मानाघाटमा जनसंवाद
जेठ ६ गते: पश्चिम रुकुमको चौरजहारीमा जनसभा र मुसिकोटमा जनसंवाद
जेठ ७ गते: पूर्वी रुकुमको रुकुमकोटमा जनसंवाद र रोल्पाको थबाङमा जनसभा
जेठ ८ गते: बागलुङमा जनसंवाद
जेठ ९ गते: पर्वतको कुस्मामा जनसंवाद
जेठ १० गते: कास्की (पोखरा) मा भव्य जनसभा
यस अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित केन्द्रीय नेताहरू, जनप्रतिनिधिहरू र स्थानीय कार्यकर्ताहरूको सहभागिता रहनेछ।
पार्टीले जनताको आवाज सुन्ने, स्थानीय समस्याहरूको पहिचान गर्ने र आगामी राजनीतिक दिशा तय गर्न अभियानलाई महत्वपूर्ण कडीका रूपमा लिएको बताएको छ।






