Comments Add Comment

मार्मा : छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, कति विद्यालय भए त सहभागी ?






दार्चुला। जिल्लाको मार्मा गाउँपालिका मा पुष १० आजदेखि छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

पालिकाको वडा नं ४ स्थित तपोवन खेल मैदानमा उक्त छैटौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समुद्घाटन गरिएको छ।

पालिका स्थित ९ वटा विद्यालयहरुको सहभागितामा खेल सुरु भएको छ। उक्त प्रतियोगितामा दुर्गेश्वरी मावि घोल्जर, दुर्गेश्वरी मावि ताकु, दुर्गा मावि च्युउरानी, अपि पथप्रदर्शन मावि सेरी, सल्लेधार मावि मुरै, शिवालिंग मावि पथरकाडा,लाम्बगर मावि लाम्बगर, तपोवन मावि पडपडा,लटिनाथ मावि रस्कोट को सहभागिता रहेको छ। खेल पुष १२ गतेसम्म चल्ने छ भने ट्रयाक,फिल्ड र कराते तर्फका प्रतियोगिताहरु खेलाइने शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशी ले जानकारी दिएका छन्।

कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले द्विप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका थिए भने पालिका उपाध्यक्ष सर्मिला सिंह, ६ वटै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। भनि शिक्षा शाखा प्रमुख जोशीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment