Comments Add Comment

कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिममै अब्बल : नौगाड गाउँपालिका

कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिममै अब्बल : नौगाड गाउँपालिका

२ फाल्गुन २०८१, दार्चुला।
जिल्लाको नौगाड गाउँपालिकाले स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिने १७ वटै सुचकहरुको अधिकतम प्रयोग गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको आव २०८०/८१ को  कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशमै अग्रस्थान हासिल गरेको छ।

पालिकाले समयमै सभामा बजेट पेश गरेको, पुजिगत बजेट अधिकतम खर्च गरेको , शिक्षा/स्वास्थ्य/रोजगारमा केन्द्रीत भइ काम गरेको, बेरुजु १ प्रतिशत भन्दा कम रहेको, जनप्रतिनिधिहरु बीच सौहार्दपूर्ण व्यबहार रहेको, कर्मचारीहरुबीच सामुहिक भावना कुशल रहेको , सेवामुखि कार्यमा जोड दिएको, समयमै योजना तर्जुमा गरेको, नीतिगत,विधिवत कार्यहरु गरी उक्त १७ वटै सुचकहरुमा केन्द्रित रहि काम गरी अब्बल सावित भएको थियो । प्राकृतिक श्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकलाई आधार बनाएर मूल्याकन गरेको हो, प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी ले बताए।

अझै धेरै गर्नु छ हामी निरन्तर शुसासन को पक्षमा काम गरिरहेका छौं। तीन वर्षदेखि जिल्लामा लगातार पहिलो स्थानमै छौं यो पालि सुदूरपश्चिम प्रदेश का गाउँपालिका हरु मध्ये पहिलो पालिका बनेका छौं। हाम्रो प्रयास देशमै एक नम्बर कसरी? बन्ने भन्ने रहेको छ, पालिका अध्यक्ष दलजित सिंह धामी ले गतिशील न्यूज लाई बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment