Comments Add Comment

डाइभर्सन बगाउँदा बीपी राजमार्ग नौ घण्टा अबरुद्ध, १७ यात्रुको उद्धार



डाइभर्सन बगाउँदा बीपी राजमार्ग नौ घण्टा अबरुद्ध, १७ यात्रुको उद्धार

३० वैशाख २०८२, दार्चुला।

काभ्रेपलाञ्चोक, अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलामा आएको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग नौ घण्टासम्म पूर्णरूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९, मंगलटारको बोक्सीकुनास्थित डाइभर्सन बगाउँदा यातायात पूर्णरूपमा ठप्प भएको हो। घटनापछि निरन्तर प्रयासपछि एकतर्फी राजमार्ग खुलाइएको प्रहरीले जानकारी दिएको छ।

डाइभर्सन बगाएसँगै सडकमा सवारीसाधन रोकिएपछि अलपत्र परेका १७ यात्रुको उद्धार गरिएको छ। उद्धार कार्यमा प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको थियो।

यातायात अवरुद्ध भएपछि पूर्वबाट आउने सवारीलाई खुर्कोट र नेपालथोकमा रोकिएको छ भने काठमाडौंबाट पूर्व गइरहेका सवारीसाधनलाई भकुण्डेबेसीमा नै थुनिएको थियो।

बीपी राजमार्ग मुलुकको महत्त्वपूर्ण सडकमार्गमध्ये एक हो, जसले काठमाडौंलाई तराई क्षेत्रसँग जोड्ने कार्य गर्दछ। वर्षायाम सुरु भएदेखि नै जोखिमपूर्ण स्थानहरूमा अस्थायी डाइभर्सन प्रयोग हुँदै आइएको भए पनि हरेक वर्ष बाढीले यस्ता संरचना क्षतिग्रस्त बनाउने गरेको छ। स्थानीयवासीहरूले दीर्घकालीन समाधानको माग गर्दै स्थायी संरचना निर्माणमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment