प्रेस सेन्टर दार्चुला अध्यक्षमा जोशी सर्वसम्मत निर्वाचित, १५ सदस्यीय कमिटी चयन
२७ पुस २०८१, दार्चुला।
प्रेस सेन्टर नेपाल दार्चुला शाखा को अध्यक्षमा हरि प्रसाद जोशी पुन: सर्वसम्मत निर्वाचित भएका छन्।
दार्चुला शाखाको छैठौं जिल्ला अधिवेशनबाट जोशीको नेतृत्वमा १५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको हो।
जिल्ला सदरमुकाम खलंगामा शनिबार (आज) नयाँ कार्यसमिति चयन गर्दै नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
छैठौं जिल्ला अधिवेशनबाट हरि प्रसाद जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा उपेन्द्र सिंह ठगुन्ना, महिला उपाध्यक्षमा सारंगी खत्री, सचिवमा लोकेन्द्र डांगा, सह-सचिवमा पुजा डोवाल र पार्वती साउँद र कोषाध्यक्षमा नरेश प्रसाद जोशी चयन हुनुभएको छ ।
प्रेस सेन्टर दार्चुलाका अध्यक्ष हरिप्रसाद जोशीको अध्यक्षतामा सञ्चालन भएको अधिवेशन उद्घाटन सत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एंव सुदूरपश्चिम प्रदेश इन्चार्ज राम सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र दार्चुलाका जिल्ला संयोजक प्रेम राज पन्त, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष भुवन बोहरा, प्रेस सेन्टर दार्चुलाका इन्चार्ज मदन राज जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य केशवदत्त भट्ट, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्र सिंह धामी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनारा, प्रेस युनियन दार्चुलाका अध्यक्ष कमलराज जोशी, प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशी, पत्रकार महासंघ दार्चुलाका कोषाध्यक्ष ललितसिंह सामन्त लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले जुनसुकै आस्था वा विचार नजिक भएपनि पत्रकारले सत्य, तथ्यका आधारमा समाजका आम समस्या, घटना र बेथितिका विरूद्व समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखेका थिए भने भ्यूजको लागि विषय बंग्याएर समाजलाई भाड्ने कार्य रोक्न संगठनहरुको महत्त्वपूर्ण भूमिका रहने वक्ताहरुले विचार राखेका थिए।















