लेकममा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ को विजेता चौपाता , उपविजेता लाली
२९ माघ २०८१, दार्चुला।
लेकम गाउँपालिका स्तरीय पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता -२०८१ को उपाधि श्री लटिनाथ मावि चौपाताले हात पारेको छ।
माघ २६ देखि सन्चालित रनिङ सिल्ड प्रतियोगिता कृष्ण मावि लालीको खेलमैदानमा आज सम्पन्न भएको हो। प्रतियोगितामा चौपाताले १४ स्वर्ण, ५ रजत, र ४ कास्य गरी २३ पदकसहित प्रथम स्थान हात पारेको छ भने
८ स्वर्ण, ११ रजत, ७ कास्यसहित कृष्ण मावि लालीले दोस्रो स्थान तथा ६ स्वर्ण, ५ रजत, ७ कास्यसहित हुनैनाथ मावि कुणीले तेस्रो स्थान हात पारेको छ।
लेकमको प्रतियोगिता सम्पन्न संगै जिल्लाका सबै स्थानीय तहहरुमा खेल सम्पन्न भई फागुन १० गतेदेखि मार्मा गाउँपालिका को तपोवन खेल मैदानमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुने निश्चित भएको छ।







