
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुलाको दुईदिने विस्तारित बैठक सुरु
दार्चुला,२९ असोज।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दार्चुलाको विस्तारित बैठक जिल्लाको सदरमुकाम स्थित विकास संगठनको हलमा शुरु भएको छ।
जिल्ला संयोजक पदम राज पन्त को अध्यक्षतामा आयोजित विस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् संविधानसभा सदस्य लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यता रहेको छ।
यस्तै बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, वैकल्पिक केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता एवम् पूर्व मन्त्री मानबहादुर धामी, वैककल्पिक केन्द्रीय सदस्य एवम् मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायतको आतिथ्यतामा बैठक शुरु भएको कार्यालय सचिव जिवन लोथ्यालले जानकारी दिएका छन्। विस्तारित बैठकमा जिल्ला इन्चार्ज बनी आउनुभएका संविधान सभा सदस्य लक्ष्मण दत्त जोशीलाई सम्मान एवम् स्वागत गरिएको छ भने अथिति हरुलाई स्वागत गरिएको छ, सचिव लोथ्यालले भने।
बैठकमा प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य जबसं मोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजकहरुको उपस्थिति रहेको छ। बैठकमा छलफलका लागि जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशीले एजेन्डा प्रस्तुत गर्नुभएको छ भने अहिले विभिन्न पालिका हरुको रिपोर्टिङ राख्ने कार्यक्रम चलिरहेको छ। विस्तारित बैठक भोलि असोज ३० गतेसम्म चल्ने छ जिल्ला संयोजक पदम राज पन्त ले बताएका छन्।






