साविकको लटिनाथ गाविस अध्यक्ष गोपाल दत्त जोशीको निधन
१५ फागुन २०८१, दार्चुला।
मार्मा गाउँपालिका-३ बस्ने साविकको लटिनाथ गाविस अध्यक्ष गोपाल दत्त जोशीको आज बिहान नेपाल मेडिकल कलेज जोरपाटीमा ६३ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मिर्गौला पिडित जोशीको उपचारका क्रममा मेडिकल कलेज मै निधन भएको उहाँका आफन्तले बताउनु भएको हो।
जोशी साविकको लटिनाथ गाविस अध्यक्षमा वि.सं.२०५४ सालमा निर्वाचित भएका थिए। मृतक जोशीले आफ्नै कार्यकालमा वि.सं.२०५५ तिर भिएचएफ प्रविधिको टेलिफोन (पिसिओ) स्थापना गरेका थिए भने स्वर्गीय जोशी नेपाली कांग्रेस दार्चुलाका पू्र्व सचिव एवं दार्चुलाबाट पूर्व महासमिति सदस्य समेत रहेका स्वर्गीय जोशीको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाई प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री माननिय दिलेन्द्र प्रसाद बडुले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेको बडुको सचिवालयले जनाएको छ।
बडुले जोशीको निधनप्रति दुख व्यक्त गर्दै दार्चुलाको नेपाली कांग्रेसमा अपुरणीय क्षति पुगेको र उहाँको नेपाली कांग्रेस निर्माणमा ठूलो योगदान रहेको बताएका छन्।






