गोकुलेश्वर का स्ववियु अध्यक्ष विष्ट क्रान्तिकारीको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
१० माघ २०८१, दार्चुला।
गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर दार्चुला का स्ववियु अध्यक्ष नविन विष्ट अखिल क्रान्तिकारी को २३औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँ लगायत सुदूरपश्चिम प्रदेश बाट १९ जना विभिन्न पदमा निर्बिरोध निर्बाचित भएका हुन्।
१) सौरभ थारु – सचिवालय सदस्य, समावेशी, कैलाली
२) गोरीकला रोका मगर – सचिवालय सदस्य, छात्रा, अछाम
३) प्रेम बहादुर बोगटी – केन्द्रिय सदस्य, कैलाली
४) डम्बर कुँवर – केन्द्रिय सदस्य, कञ्चनपुर
५) योगेन्द्र भट्ट – केन्द्रिय सदस्य, डोटी
६) अनिल बोहरा – केन्द्रिय सदस्य, डडेल्धुरा
७) गणेश वम – केन्द्रिय सदस्य, वैतडी
८) रुमला कुमारी जाग्री – केन्द्रिय सदस्य, बझाङ
९) नवीन बिष्ट – केन्द्रिय सदस्य, दार्चुला
१०) शंकर बहादुर सार्की – केन्द्रिय सदस्य, बाजुरा
११) प्रशान्त कठायत – केन्द्रिय सदस्य, पिछडिएको क्षेत्र
१२) पूजा बिष्ट – केन्द्रिय सदस्य, छात्रा
१३) यशोदा बोहरा – केन्द्रिय सदस्य, छात्रा
१४) आसु मल्ल – केन्द्रिय सदस्य, छात्रा
१५) रुमन चौधरी- केन्द्रिय सदस्य, थारु
१६) पुर्ण सिंह धामी – निर्वाचन आयोग सदस्य, खुला
१७) मनिषा साउद – लेखा आयोग सदस्य, छात्रा
१८) उपेन्द्र शाह – अनुशासन आयोग सदस्य, खुला
१९)अनिल लोहार – अनुशासन आयोग सदस्य, समावेशी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीहरूको मनोनयन दर्ता सम्पन्न भई उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ।
बुधवार राति केन्द्रीय निर्वाचन समितिको कार्यालयले सो सङ्गठनका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो।
केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्यहरू गरी जम्मा कुल ३१२ पदका लागि जम्मा ५०० जनाको उम्मेदवारी रहेकोमा उक्त उम्मेदवारहरूको प्रारम्भिक नामावली माथिको दाबी विरोध बिहीबार बिहान ९ बजेभित्र www.election.akhilr.org मार्फत उजुरी पेस गर्न समेत समितिले अनुरोध गरेको छ। सो संगठनको २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ।






