Comments Add Comment

नौगाडमा कार्यक्रम समापन संगै, माओवादीको जिल्लाव्यापी भेटघाट कार्यक्रम सम्पन्न

नौगाडमा कार्यक्रम समापन संगै, माओवादीको जिल्लाव्यापी भेटघाट कार्यक्रम सम्पन्न

१३ कार्तिक २०८१, दार्चुला।
जिल्लाको नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा नेकपा (माओवादी केन्द्र) गाउँकमिटीद्वारा आयोजित दशैं, शुभदिपावली, छठपर्व एवम् नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यो संगै जिल्ला व्यापी माओवादी को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त प्रेमले जानकारी दिएका छन्।

असोज २९/३० गतेको जिल्ला समन्वय समिति बैठकको निर्णयअनुसार जिल्ला व्यापी रुपमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो‌। जिल्ला ईन्चार्ज, संविधान सभा सदस्य लक्ष्मण दत्त जोशी को नेतृत्वमा कार्तिक ४ गतेदेखि १३ गते (आज) सम्म दुहुँबाट शुरु गरिएको भेटघाट एवम् शुभकामना आदानप्रदान कार्यक्रम व्याँस, महाकाली, मालिकार्जुन,लेकम, शैल्यसिखर, मार्मा, अपिहिमाल हुदैँ आज नौगाड गाउँपालिकामा गाउँकमिटीको आयोजनामा आयोजित बैठक सम्पन्न भएको नौगाड गाउँकमिटी सचिव राजेन्द्र सिंह बोहराले जानकारी दिएका छन्।

नौंगाड गाउँकमिटी ले आयोजना गरेको कार्यक्रम पालिका कमिटी अध्यक्ष धनराम ठगुन्ना को अध्यक्षता, केन्द्रीय कमिटी सदस्य एवम् संविधानसभा सदस्य लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश दलका नेता वैकल्पिक केन्द्रीय सदस्य मानबहादुर धामी , मार्मा गाउँपालिका अध्यक्ष वैकल्पिक केन्द्रीय सदस्य जमन सिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रदेश कमिटी सदस्य दलजीत सिंह धामी, जिल्ला समन्वय संयोजक पदम राज पन्त लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन गाउँकमिटी सचिव एवम् नौगाड गाउँपालिका प्रवक्ता राजेन्द्र सिंह बोहरा ले गरेका थिए। माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment