Comments Add Comment

पत्रकार महासंघ को निर्वाचन सम्पन्न: धामीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती चयन

पत्रकार महासंघ को निर्वाचन सम्पन्न: धामीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती चयन


३० मंसिर २०८१ दार्चुला।
जिल्ला स्थित पत्रकार हरुको साझा संगठन नेपाल पत्रकार महासंघ दार्चुला को मंसिर २८ गते निर्वाचन सम्पन्न भएको छ।

उक्त निर्वाचनमा सारथी मिडिया नेटवर्क का प्रमुख राजेन्द्र सिंह धामीकि नेतृत्वमा खुला सहसचिव बाहेक निर्विरोध कार्यसमिति चयन भएको निवर्तमान अध्यक्ष कृष्ण सिंह धामी ले जनाएका छन्।

एकमात्रै खुला सह सचिव पदमा भएको निर्वाचनमा प्रेस सेन्टर नेपाल दार्चुला शाखा अध्यक्ष हरि प्रसाद जोशी विजयी भएका छन्।

यो संगै नेपाल पत्रकार महासंघ, दार्चुला को नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष: राजेन्द्र सिंह धामी
उपाध्यक्ष: गणेश सिंह धामी
म.उपाध्यक्ष: विमला भुजेल धामी
सचिव: सुन्दर सिंह धामी
सह-सचिव: हरि प्रसाद जोशी
समावेशी सह-सचिव: सोहिता बोहरा
कोषाध्यक्ष: ललित सिंह सामन्त
सदस्य: भोजराज जोशी
सदस्य: रमेश सिंह खत्री
सदस्य: निरज सिंह धामी
सदस्य: पुष्पराज जोशी
सदस्य: लक्ष्मी भाट
सदस्य: दुर्गा मिस्र गरी १३ सदस्यीय बनेको छ।

यो संगै नेपाल पत्रकार महासंघ दार्चुला शाखा मा प्रेस चौतारीको नेतृत्व, प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठन लगायत सबैको प्रतिनिधित्व भएको छ। निर्विरोध निर्वाचित एवम् निर्वाचित पदाधिकारी/सदस्यहरुलाई हिजो मंसिर २९ गते प्रमाणपत्र प्रदान गरिएको थियो भनि निर्वाचन समिति संयोजक नरेन्द्र कार्की ले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment