Comments Add Comment

खर्कजात २०८१

खर्कजात २०८१

१९ कार्तिक २०८१ , दार्चुला।
लेकम गाउँपालिका -५ मैखोली खर्क स्थित लटिनाथ मन्दिरमा कार्तिक शुक्ल द्वितीयाका दिन लाग्ने रात्रीकालीन जात्रा सम्पन्न भएको छ।

दिनमै सम्पन्न गर्ने भनिएपनि पुजापाठ बाहेक दमाहा बाजागाजासहित को धुपद्यो राति ३ बजे मात्रै सम्पन्न भएको हो।

हामीले विगत कोरोना पिरियडदेखि दिउँसो नै जात्रा सम्पन्न गरेको भएपनि यो पाली त्यसो हुन सकेन् किनभने जात्राको दिनमै भाईटिका पनि पर्ने र भक्तजन टिका लगाएर मात्रै मन्दिर आउने भएकाले दिउँसो २ बजेतिर भराण लगियो पुजनजात्रा दिउँसो नै शुरु भएपनि यो पालि जात्रा दिउँसो सम्पन्न हुन सकेन भनि मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।

यस्तै मालिकार्जुन -३ चौड र शैल्यसिखर -७ बन्तोलीमा पनि रात्रीकालिन जात्रा सु-सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कार्तिक शुक्ल द्वितीया देखि शुरु भएको जात्रा लेकम(शैल्यसिखर +मालिकार्जुन) क्षेत्रको विभिन्न मन्दिरमा विभिन्न तिथीमा रात्रीकालिन जात्रा लागि पूर्णिमा को दिन समापन हुने स्थानीय संस्कृतिका जानकार अम्बादत्त जोशी ले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment