Comments Add Comment

अध्यक्षसंग नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम वडा नं १ दहबाट उद्घाटन

अध्यक्षसंग नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम वडा नं १ दहबाट उद्घाटन

२२ पुस २०८१ , दार्चुला।
जिल्लाको मार्मा गाउँपालिका १ दहमा ‘अध्यक्ष संग नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम’ उद्घाटन भएको छ। मार्मा गाउँपालिका को वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम उद्घाटन भएको र पालिकाका सम्पूर्ण दुर्गम बस्तिहरुमा चल्ने स्वास्थ्य शाखा प्रमुख चक्र सिंह धामी ले बताएका छन्।

उक्त स्वास्थ्य परिक्षण कार्यक्रम संगसंगै स्थानीय तहमा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम , क्षयरोग सम्बन्धी जाँच कार्यक्रम र पाठेघरको मुखमा क्यान्सर पहिचान जाँच कार्यक्रम पनि रहेको जानकारी छ।

वडा नं १ का वडा अध्यक्ष कालु सिंह ठगुन्नाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मार्मा पालिकाका अध्यक्ष जमन सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो, पालिका उपाध्यक्ष सर्मिला चन्द सिंह को विशिष्ट आतिथ्यता एवम् प्रमुख प्रशासकीय अधिकृत धर्मेन्द्र जोशी, स्वास्थ्य शाखा प्रमुख चक्र सिंह धामी , लटिनाथ स्वास्थ्य चौकी प्रमुख डा.लक्ष्मण सिंह थापा , कार्यपालिका सदस्य जमुना ठगुन्ना लगायतको आतिथ्यता रहेको थियो।

आजको स्वास्थ्य शिविर कार्यक्रम दुर्गेश्वरी आवि दहमा सम्मपन्न भएको छ भने भोलिको कार्यक्रम वडा नं १ कै घोल्जरमा सन्चालन हुने छ भनि शाखा प्रमुख धामीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment