Comments Add Comment

सन्दीपका लागि उठ्यो ४ दिनमै ९५ हजार सहयोग

सन्दीपका लागि उठ्यो ४ दिनमै ९५ हजार सहयोग

०७ कार्तिक २०८१, दार्चुला।
जिल्लाको शैल्यसिखर नगरपालिका -५ आगरका ७ वर्षिय सन्दीप रावलको लागि ४ दिनमै ९५ हजार सहयोग संकलन भएको छ।

गत महिना कार्तिक ३० गते मालिकार्जुन जात्राबाट घर फर्कने क्रममा जीप दुर्घटनामा परी ज्यान गुमाएका विरेन्द्र रावल र उनकी श्रीमती शान्ती रावलको घटना स्थलमै ज्यान गएको थियो भने छोरा सन्दीप रावल घाइते भएका थिए। अहिले हस्पिटलबाट डिस्चार्ज भएपनि रावलको आर्थिक स्थिती कमजोर भएकाले उहाँको भविष्यका लागि फिक्स डिपोजिट खातामा रकम जम्मा गरिदिने उद्देश्यले लोकेन्द्र सिह डागा मिश्रा, हरक सिंह रावल, करविर डागा, दान सिंह डागा,गोविन्द रावल, प्रेम सिह साउद , महेश सिह डागा लगायतले आर्थिक सहयोग अभियान नै सन्चालन गरेको एक अभियान्ताले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment