शैल्यसिखरमा माओवादीको दोस्रो नगर सम्मेलन सम्पन्न, भण्डारीको नेतृत्वमा ४१ सदस्य कमिटी चयन
जिल्लाको शैल्यसिखर नगरपालिका मा माओवादी केन्द्रको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनबाट कर्ण बहादुर भण्डारी को नेतृत्वमा ४१ सदस्यीय नगरकमिटी चयन भएको हो।
मंसिर २५ गते आयोजित दोस्रो नगर सम्मेलनबाट नगर अध्यक्ष – कर्ण बहादुर भण्डारी, उपाध्यक्ष विरेन्द्र खडायत, राजेन्द्र डागा, मोहन मिश्रा , सचिव – अशोक सिंह धामी, सहसचिव – जानकी महर, कोषाध्यक्ष – सुरेश भण्डारी लगायत ४१ सदस्यीय कमिटी निर्वाचित भएको शैल्यसिखर नगरकमिटी सचिव अशोक सिंह धामी ले जानकारी दिएका छन्।







