जनमत र नाउपा बीच पार्टी एकता हुँदै : डा.राउत
११ वैशाख २०८२, दार्चुला।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नागरिक उन्मुक्ति पार्टी संग पार्टी एकता हुने जानकारी दिएका छन्।
अध्यक्ष राउतले नागरिक उन्मुक्ति पार्टी संग हुन गइरहेको पार्टी एकताका विरुद्ध पुरै षडयन्त्र भइरहेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्:
Dr. Ck Raut :- “धेरै पार्टी/शक्तिहरूको अहिले निद्रा उडेको छ। किनकि आन्दोलन र जनताको बीचबाट आएको, जनताको पक्षमा काम गर्ने, एउटा नयाँ शक्तिशाली पार्टी नेपालमा उदय हुने क्रममा छ। नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ।
तर हामीलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले हामीलाई (जनमत/नाउपा दुइटैलाई) तहस-नहस गर्नका लागि विगत ७-८ महिनादेखि कुनै कसर बाँकी राखेका छैनन्।
परिवारमा झगडा लगाएर फुट ल्याएर होस् कि पार्टी भित्रैका पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस्, कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरीद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुन: पक्राऊ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्।
तर हामी आत्तिएका छैनौं। तपाईंहरू पनि नआत्तिनुहोला। जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौं। एकता हुन्छ नै।
यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच घोषणाको तैयारी गर्दैछौं
🙏🙏🙏”







