३० कार्तिक २०८१, दार्चुला।
मालिकार्जुन धाममा लागिरहेको जात्रा बाट फर्केर गोकुलेश्वर तर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी छ।
म १ ज ३३८ नम्बर को (बन्दबडी) बोलेरो जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको खबर छ भने सनाखत हुन बाँकी रहेको जानकारी छ। यतिबेला प्रहरी घटनास्थलमा पुगिसकेको र बाकी जानकारी आउन केहि बेर लाग्ने जिप्रका दार्चुलाले जनाएको छ।
जीपमा कतिजना सवार थिए ? कति को मृत्यु भयो ? कति घाइते छन् ? पूरा जानकारीका लागि केहि समय लाग्ने जानकारी छ।







