लेकम -२ को भटाइजरमा खानेपानीको हाहाकार, निर्माण सम्पन्न खानेपानीबारे बेखबर लेकम सरकार
२६ चैत २०८१, दार्चुला।
लेकम गाउँपालिकाको वडा नम्बर – २ खानेपानीको पिडाले ग्रसित वडा हो। यस वडाका टोलहरुलाई मध्यनजर गरी चमेलिया कुणी कुष्काडा लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपनि खानेपानी वितरणमा ढिलाई भइरहेको छ।
प्रत्येक वर्ष फाल्गुन, चैत महिनादेखि खानेपानीको झनझन खडेरी नै पर्ने भएकाले उपभोक्ताहरु तड्पिने गर्दछन्। यो वर्षको पनि खानेपानीको हाहाकार शुरु भइसकेको छ तर सरकार बेखबर रहेको स्थानीय धनी भुलले जानकारी दिए।
घण्टौं हिडेर पनि खानेपानी पाउन समस्या हुने लेकमको दुई नम्बर वडा मात्रै नभइ अन्य वडाका नागरिक हरु पनि पिडित छन् तर जति कुणी, कुष्काडा,भटाइजर,सल्ला लगायतका गाउँका उपभोक्ताहरु पिडित छन् त्यति अरु छैनन्।
यो बारे पालिका सरकार गम्भिर छ । खानेपानी को समस्या सामाधानकै लागि चमेलिया कुणी कुष्काडा वृहत् लिफ्टिङ खानेपानी आयोजनाको मेनलाईको कार्य सम्पन्न भएपनि धारा निर्माण देखि अन्य कार्यको लागि ठेक्का भइसकेको र छिट्टै खानेपानी हरेका नागरिकको घरघरमा पुग्ने पालिका अध्यक्ष राम दत्त जोशी ले जानकारी दिएका छन्।







