Comments Add Comment

दार्चुलाको नौगाडमा आमाबुबा गुमाएका ३ बालबालिकाको मार्मिक अवस्था : सहयोगको अपिल



हरि प्रसाद जोशी, दार्चुला | गतिशील न्यूज १९ श्रावण २०८२।

दार्चुला जिल्लाको नौगाड गाउँपालिका–२ कुलाबान खोलामा एकै परिवारका तीन बालबालिका आमाबुबा दुवै गुमाएर कठिन जीवन संगर्षमा छन्। अन्दाजी १३ वर्षिय सुरेश लुहार, ११ वर्षिय पुस्कर लुहार र ९ वर्षीया आरती लुहार अहिले अभिभावकविहीन अवस्थामा कठोर परिस्थितिमा बाँचेका छन्।

श्रावण १२ गते अन्दाजी ४८ वर्षका बुबा परदेशी लुहारको निधन भएपछि उनीहरूको परिवार पूरै टुहुरो बनेको हो। आमाको निधन झण्डै ६ वर्षअघि नै भएको थियो।

अहिले बाबुनानीहरूका लागि न खानलाई छ, न लाउनलाई। नजिकका आफन्त वा स्याहार गर्न सक्ने कोही छैन। घरभित्र र बाहिर हेर्दा पनि कोही देखिन्न। यस्तो विषम परिस्थितिमा उनीहरूको संरक्षण र भविष्यको शिक्षा–स्वास्थ्य सुनिश्चित गर्न सहयोगी मनहरू सक्रिय हुनुपर्ने अवस्था छ।

स्थानीय लटिनाथ मावि खारका प्रधानाध्यापक करन ठगुन्नाका अनुसार, दाजु सुरेशले विद्यालय छोडेका छन् भने आरती र पुस्कर क्रमशः कक्षा ४ र ६ मा अध्ययनरत छन्। विद्यालय पनि अनियमित भएको देखिन्छ।

यस मार्मिक अवस्थाको जानकारी स्थानीय रघुवीर सिंह ठगुन्नाबाट प्राप्त भएको हो।

यी बालबालिकाहरूको उद्धार र भविष्य सुनिश्चितताका लागि मानवतावादी संस्था तथा सहयोगी मनहरूप्रति आग्रह छ कि यो जानकारी मानव सेवा आश्रमजस्ता संस्थासम्म पुर्‍याइयोस्।

सहयोग गर्न चाहनेले निम्न सम्पर्कमा सम्पर्क गर्न सक्नुहुनेछ:
📞 ९८६९७१०८०९ (हरि प्रसाद जोशी)

यस पीडादायी घटनालाई उजागर गर्दै ‘गतिशील न्युज’ हार्दिक अपिल गर्दछ – यी निर्दोष बाबुनानीहरूको उज्यालो भविष्यका लागि हामी सबैले सक्दो सहयोग गरौं।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment