Comments Add Comment

कार्यसम्पादन मूल्यांकनमा नौगाड गाउँपालिका जिल्ला प्रथम, प्रदेशमा दोस्रो

कार्यसम्पादन मूल्यांकनमा नौगाड गाउँपालिका जिल्ला प्रथम, प्रदेशमा दोस्रो

२ फाल्गुन २०८१, दार्चुला।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आव २०८०/८१ मा गरेको कार्यसम्पादन मूल्यांकनमा नौगाड गाउँपालिकाले जिल्लामा ७४.२ अंक सहित प्रथम, सुदूरपश्चिम प्रदेशमा दोस्रो तथा देश भरिमै १९ औं स्थान प्राप्त गरेको छ।

नौगाड गाउँपालिका ७४.२ अंक सहित देशभर उन्नाईसौँ, सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरु मध्ये दोस्रो (गाउँपालिका मध्ये प्रथम) स्थान र दार्चुला जिल्लामा लगातार तेस्रो पटक  प्रथम स्थान हाँसिल गर्न सफल  भएको हो।


नेपालको संविधान २०७२ पश्चात् स्थापित स्थानीय तहहरुको विभिन्न तरिकाले मूल्यांकन गरिने गरेको छ।

जसमध्ये आव २०८०/८१ मा नौगाड गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता मुल्यांकन  LISA मा ९१.२५ सहित चौथो स्थान, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन FRA मा ९१.५ अंक सहित तेस्रो एवम् बेरुजु कम हुने पालिकामा न्युन बेरुजु हुने पालिकामा पनि नौगाड पालिका रहेको प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी ले जानकारी दिएका छन्।

नौगाड गाउँपालिकाले उपभोक्ता समितिको अवधारणालाई परस्कृत गर्दै नागरिकहरुको जनसहभागितामा निस्पक्षताका लागि श्रम सहकारी मार्फत विकास निर्माणका कार्यहरू गर्ने गरेको छ भने जनगुनासो सुन्न हरेक आईतबार जनतासंग अध्यक्ष फेसबुक अन्तर्क्रिया कार्यक्रम सन्चालन गरेको छ। हामी नागरिकहरु माझ सेवा पहुँचका लागि हरसम्भव प्रयासमा छौं अध्यक्ष दलजित सिंह धामी ले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment