Comments Add Comment

मेयर हमालले पूर्व प्रधानमन्त्री प्रचण्डलाई किन दिए धन्यवाद ?

मेयर हमालले पूर्व प्रधानमन्त्री प्रचण्डलाई किन दिए धन्यवाद ?


१४ पुस २०८१ , दार्चुला।
धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल ले पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष लगायत स्वास्थ्य लाभको कामना गर्न निवासमै पुगेका माओवादी नेताहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद दिएका छन्। १३ गते कन्चनपुरको पुनर्वासमा खबरदारी सभालाई सम्बोधन गरेपछि प्रचण्ड हमाललाई भेट्न धनगढी स्थित उहाँकै निवासमा गएका थिए।

मेयर हमालले फेसबुकमा लेखेका छन्:
“नेपालका सरकारका पूर्व प्रधानमन्त्री, प्रतिनिधि सभाका माननीय सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल प्रचण्डज्यू
नेपाल सरकारका पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादीकेन्द्र)का उप-महासचिव गिरी राजमणि पोखरेलज्यू
राष्ट्रिय सभाका मा. सदस्य हरिराम चौधरीज्यू
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मा.मुख्यमन्त्री श्री त्रिलोचन भट्टज्यू
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रालयका मन्त्री एवं मा. प्रदेश सभा सदस्य श्री ओम बिक्रम भाटज्यू
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य मा.रमेश धामीज्यू
आर्थिक मामिला मन्त्रालयका पूर्व मन्त्री एवं मा.प्रदेश सभा सदस्य अक्कल रावलज्यू
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य मा.मान बहादुर धामी
मा.प्रदेश सभा सदस्य शिव सिंह ओलीज्यूले भेटी शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएकोमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment