गोकुलेश्वरमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न: जिप्रका दार्चुला
गोकुलेश्वर,३ कार्तिक। जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा शैल्यसिखर नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा शान्ति सुरक्षा, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, विभिन्न किसिमका अपराध रोकथाम तथा नियन्त्रण, घरेलु मदिरा नियन्त्रण, प्रहरी प्रतिको गुनासो तथा सुझाव लगायतका विषयमा अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ।
कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश दाहालको अध्यक्षतामा, शैल्यशिखर नगरपालिकाका नगरप्रमुख बिजय सिंह धामीको प्रमुख आतिथ्यता, प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको विशिष्ट आतिथ्यतामा, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, बुद्धिजिवी, भद्रभलादमी, सरकारी निकाय, शिक्षक, पत्रकार, होटल व्यावसायी तथा आमनागरिक गरी अन्दाजी १०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जिप्रका दार्चुलाले जनाएको छ।






