Comments Add Comment

प्रेस चौतारी दार्चुला अध्यक्षमा लोकेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित (कार्यसमिति सहित)

प्रेस चौतारी दार्चुला अध्यक्षमा लोकेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित (कार्यसमिति सहित)

१७ माघ २०८१, दार्चुला।
प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा पुन: लोकेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन्।

जिल्लाको पाचौं अधिवेशनबाट जोशी कार्यसमिति सहित निर्वाचित भएका हुन्।

उपाध्यक्षमा रमेश सिंह खत्री, महिला उपाध्यक्षमा विमला भुजेल धामी, सचिव मानसिह कुवँर, सहसचिव निरज कुमार धामी, समावेशी सहसचिव पदम परियार र कोषाध्यक्षमा उद्धव सिंह धामी सदस्यहरुमा रवी ओेड, मनोरथ मिश्र, लोकेन्द्र सिंह धामी र जानकी जोशी गरी ११ सदस्यीय कार्यसमिती चयन भएको हो।

फागुन पहिलो हप्ता हुने प्रदेश अधिवेशनको लागि कृतिनिधि जोशी, विपिन विष्ट र लक्ष्मी भाट प्रदेश पारसद एवम् केन्द्रीय अधिवेशनका लागि लक्ष्मण सिंह धामी, कृष्णसिह धामी र चादनी चैसिर निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचित कार्यसमिति प्रदेश एवम् केन्द्रीय पारसदहरुलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा निर्वाचन आयोगका प्रतिनिधि धनराज साउँद, सुदूरपश्चिम सह-इन्चार्ज राजेन्द्र सिंह धामी, केन्द्रीय सदस्य तथा दार्चुला इन्चार्ज सुरेश पन्त, सुप प्रदेश अध्यक्ष कृष्ण ओली, महासचिव शिवराज भट्ट र सचिव नरेन्द्र सिंह कार्कीले प्रमाणपत्र एवं बधाई ज्ञापन गरेका थिए, भनि प्रेस चौतारी दार्चुलाले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment