Comments Add Comment

मैखोली खर्क लटिनाथ (लटबाब) मन्दिरमा जात्रा शुरु

मैखोली खर्क लटिनाथ (लटबाब) मन्दिरमा जात्रा शुरु

१८ कार्तिक २०८१, दार्चुला।
जिल्लाको लेकम गाउँपालिका -५ मैखोली खर्क स्थित लटिनाथ देवताको मन्दिरमा जात्रा शुरु भएको छ।

देवताका गर,गहना, चौडमेल (भराण) लिएर मन्दिरमा परिक्रमा गरेपछि जात्रा शुरु हुने गर्दछ। दमाहा बजाएर भराण मन्दिरमा पुर्याईएको र जात्रा शुरु भइसकेको भरणे इन्द्र देव जोशीले जानकारी दिएका छन्।

हरेकवर्ष कार्तिक शुक्ल द्वितीया तिथि मा लाग्ने जात्रा यो वर्ष पनि शुरु भएको हो। आजै मालिकार्जुन -३ चौड र शैल्यसिखर नगरपालिका -७ बन्तोलीमा पनि जात्रा लाग्ने तथा जात्रा सम्पन्न गर्न तीनवटै मन्दिरहरुमा सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment