Comments Add Comment

हाइस दुर्घटना को कारण के थियो त ? के कति भयो क्षति ?

हाइस दुर्घटना को कारण के थियो त ? के कति भयो क्षति ?

२४ कार्तिक २०८१ दार्चुला।

जिल्लाको शैल्यसिखर नगरपालिका – ९ नकतड पडाल मा बिहान सवा नौ बजे बा ५ ख ५२६५ नम्बरको हाइस सदरमुकामबाट महेन्द्रनगर तर्फ जाँदै गर्दा दुर्घटना भएको छ।

दुर्घटनामा परी ५ जना घाईते भएका छन् भने घाइतेहरुको उपचार गोकुलेश्वरमा भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिएका छन्।

भिनपा १२ का ४४ वर्षिय राम बहादुर महराले चलाएको हाइस ब्रेक फेल भएर पल्टिएको थियो, जम्मा १७ जना सावर रहेको हाइस पल्टिदा ५ जना घाइते भएका हुन् सूचना अधिकारी जोशीले बताए।

घाइते हुनेमा शैल्यशिखर–६ पनेबाजकी १४ वर्षीया जस्मीना धामी, वडा नम्बर–७ देवथलीका ८० वर्षीय बिष्णुदत्त जोशी, वडा ७ कै १० वर्षीय हिमान्सु जोशी, कञ्चनपुर वेदकोट नगरपालिकाकी ४० वर्षीया बसन्ती बिष्ट र सहचालक बर्दगोरीयाका २२ वर्षीय रोहित सुवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment