Comments Add Comment

वडा स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न: अपिहिमाल -५

वडा स्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न: अपिहिमाल -५


८ फागुन २०८१, दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिका -५ को चालु आव २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम “विद्यार्थी प्रतिभा पहिचान तथा प्रोत्साहन- २०८१” फागुन ७ गते सम्पन्न भएको छ।

उक्त कार्यक्रम फागुन ७ गते (हिजो) सम्पन्न भएको हो।

वडा अध्यक्ष राजेन्द्र सिँह धामी काे अध्यक्षतामा श्री भवानी मा.वि. साैगन्ना, श्री डाडाँबाग आ.वि. लुम्थी र श्री चाैलानी आ.वि. तल्लाेफेरका विद्यार्थीहरुकाे सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रम विभिन्न विधाहरुको सम्पन्न भएको हो।
१. पठन सीप एंवम द्रुत पढाइ प्रतियोगिता(कक्षा १-३)
२. हिसाब दाैड प्रतियोगिता  (कक्षा १-३)
३. चित्रकला प्रतियाेगिता  (कक्षा १-३)
४. नेपालकाे नक्सा सहित प्रदेशकाे नक्सा काेर्ने प्रतियोगिता (४-५)
५. English Spelling Contest (कक्षा ४-५)
६. हाजिरी जवाफ प्रतियोगिता (कक्षा ४-५)
७. हाजिरी जवाफ प्रतियोगिता (कक्षा ६-१०)
८. शिक्षा सम्बन्धी ठाडिभाका गायन (कक्षा ६-१०)
९. विज्ञानसँग सम्बन्धित परियाेजना कार्य निर्माण प्रतियोगिता
१०. निबन्ध प्रतियोगिता (६-१०)

का गरी प्रतियोगिताहरु सम्पन्न भएका हुन्।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगीहरुलाई प्राेत्साहन एवं पुरस्कार स्वरुप झाेला, अंग्रेजी व्याकरण,  सामान्य ज्ञान पुस्तक, वर्णमाला पुस्तक प्रदान गरिएको थियो।

यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको प्रतिभा पहिचानमा टेवा पुगाउने र वडा भित्रका विद्यालयहरुको अन्तरसमन्वय बृद्धि हुने हिसाबले वार्षिक कार्यक्रम कै रुपमा चलाइरहेका छौं भनि वडा अध्यक्ष राजेन्द्र सिंह धामी ले जानकारी दिएका छन्।

कार्यक्रम श्री भवानी मावि मावि सौगन्नामा आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment