व्याँस गाउँपालिका: विपिन कुवँरको नेतृत्वमा माओवादीको गाउँकमिटी चयन
१ पुष २०८१, दार्चुला।
जिल्लाको व्याँस गाउँपालिका मा मंसिर ३० गते सम्पन्न नेकपा माओवादी केन्द्र को दोस्रो गाउँ सम्मेलनबाट विपिन कुँवरको नेतृत्वमा २५ सदस्यीय गाउँ कमिटी निर्वाचित भएको छ।
माओवादी केन्द्रले जिल्लाव्यापी गाउँ सम्मेलनहरु सम्पन्न गर्ने चरणमा छ । हिजो व्याँसमा सम्पन्न गर्यौं आज दुहुँ गाउँपालिका मा कमिटी चयन गर्ने तयारी छ जिल्ला संयोजक पदम राज पन्त ले बताए।
व्याँस गाउँपालिका मा सम्पन्न नेकपा माओवादी केन्द्रको दोस्रो सम्मेलनबाट विपिन सिंह कुवँरको नेतृत्वमा, उपाध्यक्ष- सुरेन्द्र सिह कुवर, जसपाल सिंह खाती, सीता कुवँर, सचिव – विरेन्द्र धामी(विशाल), सहसचिव – सोबन सिह कुवँर, कोषाध्यक्ष – मनिषा कुवँर लगायत २५ सदस्यीय गाउँकमिटी चयन गरिएको जिल्ला समन्वय समिति सचिव विनोद कुवंर ले जानकारी दिएका छन्।






