Comments Add Comment

कान्तिपुरकर्मी बडु ‘गोतामे पत्रकारिता स्वर्णपदक’ बाट सम्मानित

कान्तिपुरकर्मी बडु ‘गोतामे पत्रकारिता स्वर्णपदक’ बाट सम्मानित

३ फाल्गुन २०८१, दार्चुला।
कान्तिपुर का जिल्ला संवाददाता मनोरथ बडु(मनोज) ‘गोतामे पत्रकारिता स्वर्णपदक’ बाट सम्मानित भएका छन्।

पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आयोजना गरेको एक कार्यक्रमबीच दार्चुलाका पत्रकार बडुलाई सम्मानित गरेको हो ।

प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई वर्षनी एक तोला सुनको स्वर्णपदक सहित सम्मान गर्दै आइरहेको छ । संविधानसभाका सदस्य अनिलकुमार रुगँटा र प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले एक कार्यक्रमबीच बडुलाई पदक प्रदान गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष शर्माले काठमाडौँ बाहिर वसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका सक्रिय पत्रकारलाई स्वर्णपदक वितरण गर्दै आइरहेको जानकारी दिएका छन । गोतामे पत्रकारिता स्वर्णपदकबाट सम्मानित भएका बडु जिल्लामा बसेर कान्तिपुर दैनिकमा दार्चुलाबाट संवाददाताको रुपमा काम गर्दै आउनु भएको छ , उनी प्रेस युनियन दार्चुलाका पुर्व अध्यक्ष समेत हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment