बझाङ : जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
बझाङको तलकोट गाउँपालिकामामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो।
हिजो राति करिब साढे आठ बजेतिर तलकोट गाउँपालिका-२, सुकगाडमा दुर्घटना भएको हो। दुर्घटनामा परेका तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लानेक्रममा मृत्यु भएको उनको भनाइ छ। जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।






