अपिमा क्रिकेट प्रतियोगिता सम्पन्न, बिजेता अपि अलस्टार
११ कार्तिक दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिकामा कार्तिक ७ गतेबाट सन्चालन भएको गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर–१९ क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।
अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराको अध्यक्षता एंव सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री, प्रदेश सभा सदस्य मान बहादुर धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिएका छन्।
समापन समारोहमा सम्पूर्ण वडाका वडा अध्यक्षहरु, विद्यालयहरुका प्रधानाध्यापक, तथा खेलप्रेमीहरुको उपस्थितिमा एंव आतिथ्यता रहेको थियो । ७ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि वडा नम्बर–१ को ‘अपि अलस्टार’को टिमले हात पारेको छ ।
यस्तै वडा नम्बर–४ को ‘खण्डेश्वरी टाइगर्स’ को टिम उपबिजेता बनेको छ । बिजेता अपि अलस्टारको टिमले नगद रु ३० हजार १ सय ९९ ट्रर्फी तथा मेडल र उप–बिजेता ‘खण्डेश्वरी टाइगर्स’ले नगद रु २० हजार १ सय ९९ ट्रर्फी तथा मेडल पाप्त गरेका छन् ।
समापन समारोहमा प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर धामी ‘सन्तोष’ले अपि हिमाल गाउँपालिकाले युवाहरुको प्रतिभा र सोचको प्रवर्द्धनका लागि समय सान्दर्भिक प्रतियोगिता हरु आयोजना गरिरहन्छ जुन समाज रुपान्तरणका लागि कोसेढुङ्गा सावित हुनेछन्। म मेरो तर्फबाट खेल क्षेत्रको विकासका लागि के गर्न सकिन्छ सदैव प्रतिबद्ध रहेको जानकारी गराउँछु सांसद धामीले भनेका थिए।
यस्तै कार्यक्रम को समापन पालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले गरेका थिए भने सन्चालन शाखा प्रास मदन राज जोशीले जानकारी दिएका छन्।









