Comments Add Comment

बाख्रा चराउन गएका फुपूभदै मृत फेला: अछाम

बाख्रा चराउन गएका फुपूभदै मृत फेला: अछाम

१३ माघ २०८१, दार्चुला।
अछाम जिल्लाको ढकारी गापा-८ का १३ वर्षिय सरस्वती खड्का र १५ वर्षिय ईश्वरी खड्का गाईवस्तु चराउने गएको अवस्थामा मृत फेला परेका छन्।

माघ १२ गते हिजो साँझसम्म उनीहरु घर नफर्केपछि खोजी गर्दै जाँदा दुवै जना मृत फेला परेका हुन् । किशोरीका परिवारले खोजी गर्ने क्रममा स्थानीय षोडशा सामुदायिक वनमा शनिवार साँझ ६ बजेपछि उनीहरु जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी पुगिसकेको र आज बिहानैदेखि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक किशोरीहरु एकै घरका फुपु भदै नाता पर्ने हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment