भाटभटेनी लुट्नमा कांग्रेसकै संग्लनता – राजेन्द्र लिंदेन
१३ वैशाख २०८२, दार्चुला – शारदा पन्त।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यो वर्षको बजेट अधिवेसनको शुरुकै दिन गतवर्ष चैत १५ गते तिनकुने मा भएको भाटभटेनी लुटपाटमा कांग्रेस कै सहमहामन्त्रीको छोरा भएको आफुसंग रेकर्ड भएको दाबी गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतमा भाटभटेनी लुटपाटमा कांग्रेसकै नेताका छोरा संलग्न रहेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका हुन । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको, प्रहरीले उसलाई पक्राउ पनि गरेको, तर पछि नेताको छोरा भनेर पहिचान भएपछि छाडिएको बताए ।
‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारूढ पार्टीको, तपाईंको पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन छाड्नुभयो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो– तपाईंको पुलिसले भिडियो हेरेर पक्रियो, तर पक्रिँदा त नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नुभयो, ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएपछि दुई घण्टापछि छोड्नुभयो,’ उनले भने, ‘त्यसकारण यो सत्य–तथ्य सार्वजनिक हुन जरुरी छ ।’






