ओलीप्रतिको आक्रोश: ‘सुरसा झैँ सत्ता र पदमा लोभ राख्ने नेता ओली नै हुन्’ — डा. भीम रावल
२ साउन २०८२, दार्चुला।
डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पुनः कडा प्रहार गरेका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् एक कटाक्षपूर्ण स्टाटस पोस्ट गर्दै उनले ओलीलाई सत्ता र पदका लागि कहिल्यै नअघाउने “झोले अध्यक्ष” भन्दै आलोचना गरेका हुन्।
रावलले लेखेका छन् —
“जति भए पनि नअघाएर, जसरी भए पनि सत्ता र पद खान पौराणिक कालकी सुरसा झैँ मुख ‘ऑ…’ गरिरहने ‘झोले’ अध्यक्ष के.पी. ओली नै भएको निजका हालैका कामकुराबाट अब त सबैलाई प्रष्ट भ॓यो होला, होइन र?”
उनको यो भनाइले एमालेभित्र चलिरहेको आन्तरिक असन्तुष्टि र शक्ति संघर्ष पुनः सतहमा ल्याएको छ। डा. रावललाई पार्टी निस्कासन गरेपछि उनले अध्यक्ष ओलीको कार्यशैली, निर्णयहरू र एकलौटीपनाको आलोचना गर्दै आएका छन्।






