प्रेस सेन्टर दार्चुलाको भर्चुअल माध्यमबाट पहिलो बैठक सम्पन्न
१३ माघ २०८१, दार्चुला।
प्रेस सेन्टर नेपाल दार्चुला शाखा को छैठौं जिल्ला अधिवेशन पश्चात् पहिलो बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।
माघ १२ गते अपराह्न ९:३० बजेदेखि भर्चुअल माध्यमबाट बैठक सन्चालन भएको थियो। बैठक प्रेस सेन्टर नेपाल दार्चुला शाखा अध्यक्ष हरि प्रसाद जोशी को अध्यक्षतामा , केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम इन्चार्ज राम सिंह ठगुन्ना को प्रमुख आतिथ्यता, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक पदम राज पन्त को विशिष्ट आतिथ्यता एवम् प्रेस सेन्टर नेपाल दार्चुला शाखा ईन्चार्ज मदन राज जोशी को आतिथ्यता एवम् कार्यसमिति दार्चुलाको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रेस सेन्टर नेपाल दार्चुला शाखा सचिव लोकेन्द्र डागा मिस्रा ले स्वागत मन्तब्य राखेका थिए भने कार्यसमिति सदस्य एवम् पदाधिकारीहरुले बैठकको एजेण्डा माथि छलफल गरेका थिए। बैठकको एजेण्डा अगामी दिनमा प्रेस सेन्टर नेपाल दार्चुला लाई चुस्त दुरुस्त एवम् गतिशील संगठन कसरी ? बनाउने भन्ने रहेको थियो।
उक्त भर्चुअल बैठकमा संगठन का जिल्ला इन्चार्ज जोशी र प्रदेश इन्चार्ज एवम् प्रमुख अतिथि ठगुन्ना ले शुभकामना मन्तब्य राख्नुभएको थियो।
कार्यक्रमको सन्चालन प्रेस सेन्टर नेपाल दार्चुला शाखा उपाध्यक्ष उपेन्द्र सिंह ठगुन्ना ले गरेका थिए भनि सेन्टरका सचिव लोकेन्द्र डागा मिस्रा ले जानकारी दिएका छन्।







