Comments Add Comment

अपिहिमालमा पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, को बन्यो त विजेता ?

अपिहिमालमा पाचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, को बन्यो त विजेता ?

१७ पुस २०८१ , दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिकामा पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ। पुस १५ गतेदेखि शुरु भएको सिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो।

उक्त प्रतियोगितामा सहभागी विद्यालयहरुमध्ये महादेव मावि घुसाले प्रथम स्थान हात पारी यो वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको विजेता बनेको छ।

महादेव मावि घुसाले १६ स्वर्ण, १० रजत र २ कास्य गरि जम्मा २८ पदक प्राप्त गरेर प्रथम, भवानी मावि सौगन्नाले १० स्वर्ण,६ रजत ८ कास्य गरि जम्मा २४ पदक प्राप्त गरेर द्वितीय , खण्डेश्वरी मावि क्षेत्तीले ३ स्वर्ण, ९ रजत र ७ कास्य गरी तृतीय एवम् छिपुलकेदार मावि धंकंले १ स्वर्ण, ५ रजत र ७ कास्य गरी १३ पदक प्राप्त गरेर चौथौं स्थान हात पारेका छन्।

यस्तै एथ्लेटिक्स छात्र तर्फ महादेव मावि घुसाले ९ स्वर्ण, ४ रजत प्राप्त गरी प्रथम, भवानी मावि सौगन्नाले २ स्वर्ण, ५ रजत र ३ कास्य गरी द्वितीय स्थान हात पारेका छन् भने छात्रातर्फ सौगन्ना ले ८ स्वर्ण, ३ कास्य प्राप्त गरी प्रथम, घुसाले ५ स्वर्ण, ५ रजत र १ कास्य पदक प्राप्त गरेर द्वितीय स्थान हात पारेको छ।

भलिबल छात्रतर्फ महादेव मावि घुसा प्रथम, खण्डेश्वरी मावि क्षेत्ती द्वितीय एवम भवानी मावि सौगन्ना तृतीय भएको छ अनि छात्रातर्फ खण्डेश्वरी मावि क्षेत्ती प्रथम , भवानी मावि सौगन्ना द्वितीय एवम् महादेव मावि घुसा तृतीय भएका छन्।

यस्तै कबड्डी छात्र तर्फ- महादेव मावि घुसा प्रथम, छिपुलकेदार मावि धंकं द्वितीय, भवानी मावि सौगन्ना तृतीय भएको छ भने छात्रातर्फ छिपुलकेदार मावि धंकं प्रथम, महादेव मावि घुसा द्वितीय एवम् भवानी मावि सौगन्ना तृतीय भएका छन्।

यसैगरी एथलेटिक्स विधामा छात्र तर्फ- लङजम्प,त्रिपलजम्म,४×४०० मिटरदाैडमा प्रथम, ४×१०० मिटर रिले, १०० मिटर, दाैडमा द्वितीय स्थान प्राप्त गरी उत्कृष्ट  खेलाडी घाेसित भएकाछन।

छात्रा तर्फ- भवानी मावि साैगन्नाकी रमिला धामीले हाईजम्प, २०० मिटरदाैड, ८०० मिटरदाैड, ४×४०० मिटर रिले, ४×१०० मिटर रिलेदाैडमा प्रथम स्थानहात पार्दै उत्कृष्ट  खेलाडी चयन भएकी हुन् भने

भलिबल छात्र तर्फ महादेव  माविघुसाका सुवास सिह धामी, भलिबल छात्रा तर्फ खण्डेश्वरी मावि क्षेत्तीका श्रदिया मन्याल उत्कृष्ट  खेलाडी  चयन भएकाछन् यस्तै कबड्डी छात्र तर्फ महादेव मावि घुसाका राम सिंह धामी, छात्रातर्फ छिपुलकेदार मावि धंकं की बिपना धामी उत्कृष्ट खेलाडी चयन भएकाछन भनि अपिहिमाल गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिएका छन्।

सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएकोमा सहभागी सम्पूर्ण विद्यालयहरुलाई पालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा ले  धन्यवाद दिएका छन् र सम्पन्न गर्न जिल्लाबाट आएका खेल प्रशिक्षक हरुलाई समेत धन्यवाद दिएको अध्यक्षको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment