Comments Add Comment

एमाले निकट विद्यार्थी संगठनको विस्तारित बैठक सम्पन्न, केके भए त निर्णय ?



नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) जिल्ला कमिटी दार्चुलाको दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा केन्द्रीय सदस्य आन सिह बडालको प्रमुख आतिथ्यतामा जिल्ला सदरमुकाम खलंगामा विस्तारित बैठक सम्पन्न भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

बैठकले स्थानीय तहहरुका प्रतिनिधिहरुसंग अन्र्तरकृया गर्ने,पालिकास्तरीय वादविदाद प्रतियोगिता आयोजना,दुहुँ लेकम,मार्मा विद्यार्थी प्रतिभा पहिचान तथा जागरण अभियान देखि  विद्यार्थी महोत्सव २०८१ आयोजना गर्ने सम्मको कार्ययोजना तयार पारेको छ ।

यस्तै लगातार दुइ बैठकमा उपस्थित नहुने १८ जना जिल्ला कमिटी सदस्यहरुलाई कमिटीबाट विदाई गर्नुका साथै जिल्ला कमिटी सचिव पदमराज जोशी रोजगारीका लागि जिल्ला बाहिर गएपछी सचिवको सम्र्पुण जिम्मेवारी कमिटी कोषाध्यक्ष खडक सिंह ठगुन्नालाई प्रदान गर्ने निर्णय गरिएको छ ।  बैठकले २०८१ मंसिर देखि चैत्र सम्मको ५ महिने कार्ययोजना समेत तयार पारेको छ ।


– २०८१ मंसिरमा जनप्रतिनिधि हरुसंगकाे अन्तरक्रिया, पालिका स्तरीय वादविवाद प्रतियोगिता, क्याम्पस कमिटी, पालिका कमिटी बैठक तथा भेला सम्पन्न गर्ने
– २०८१ पुसमा आवासिय प्रशिक्षण, सचिवालय बैठक, दुहुँ-लेकम-मार्मा विद्यार्थी प्रतिभापहिचान तथा जागरण अभियान संचालन गर्ने
– २०८१ मागमा पदाधिकारी बैठक, जिल्ला स्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न गर्ने
– २०८१ फागुनमा विद्यार्थी महाेत्शव २०८१ सम्पन्न गर्ने
– २०८१ चैत्रमा जिल्ला कमिटीकाे तेस्राे विस्तारित बैठक र चेत्र मसान्तभित्र १५औ जिल्ला अधिवेशन सम्पन्न गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment