लेकममा माओवादीको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न, ४ जनाले गरे पार्टी प्रवेश
०८ कार्तिक , दार्चुला।
नेकपा (माओवादी केन्द्र) लेकम गाउँकमिटीको आयोजनामा आयोजित दशैं, शुभदिपावली, छठ एवम् नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ४ जनाले पार्टीमा प्रवेश गरेको गाउँकमिटी सचिव तारा सिंह बोहरा ले जानकारी दिएका छन्।
पार्टी प्रवेश गर्नेमा विप्लव नेतृत्वको पार्टीको युवा संगठन का सचिवालय सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज जीवन सी, विप्लव नेतृत्वकै जिल्ला कमिटि सचिवालय सदस्य प्रेम सी, यस्तै विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादी दार्चुलाका संयोजक नरेश सी र नयाँ सदस्य देवराज जोशीलाई कार्यक्रमका प्रमुख अतिथी एवम् माओवादी केन्द्र का केन्द्रीय कमिटी सदस्य लक्ष्मण दत्त जोशी लगायत नेताहरुले खादा, टिका लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा विशेषत: ६ वटै वडा कमिटीहरुका प्रतिनीधिहरुले आफ्नो रिपोर्टिङ,चासो गुनासो राखेका थिए भने अतिथिहरुले प्रष्ट पारेका थिए। मुख्यतः कार्यक्रम को निष्कर्ष मा सबै नेता पंक्ति हरुले पुन: घरदैलोमा गई संविधान रक्षाका निम्ति तयार रहनुपर्ने र अगामी महिना मंसिर १८ गतेभित्र वडा सम्मेलन सम्पन्न गर्ने गरी तयारी गर्ने एक्यबद्धता रहेको थियो।
उक्त कार्यक्रम नेकपा (माओवादी केन्द्र) लेकम गाउकमिटी संयोजक उमाकान्त बिष्टको अध्यक्षतामा, माओवादी केन्द्र का केन्द्रीय सदस्य जिल्ला इन्चार्ज एवम् संविधानसभा सदस्य लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यतामा , केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी विकको विशिष्ट आतिथ्यता, वैकल्पिक केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता मानबहादुर धामी ‘सन्तोष’, जिल्ला संयोजक पदम राज पन्त, प्रदेश कमिटी सदस्य लेकम गाउँकमिटी ईन्चार्ज एवम् लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीको आतिथ्यतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति सदस्य डम्बर भण्डारीले गर्नुभएको थियो भनी सचिव बोहराले जानकारी दिएका छन्।
नेकपा माओवादी केन्द्रको यहि कार्तिक ४ गते दुहुँ गाउँपालिका देखि यो कार्यक्रम शुरु भएको थियो, ५ गते व्याँस गाउँपालिका, ६ गते महाकाली नगरपालिका, ७ गते मालिकार्जुन गाउँपालिका मा सम्पन्न भएको छ भने ८ लेकममा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ भनी जिल्ला संयोजक पदम राज पन्त ले बताए । यस्तै भोलि ९ गते शैल्यसिखर मा कार्यक्रम रहेको छ, संयोजक पन्तले जानकारी दिएका छन्।









