Comments Add Comment

बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निधन

१८ पुस २०८१, दार्चुला।
बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको थियो।

गुल्मी घर भएका परियारको आज महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिनुभएको छ ।

गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए । उनले केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गरेका थिए ।

गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ–संस्थाले सचिनलाई काठमाण्डौ ल्याएका थिए । उनको पढाइ र उपचारका लागि भनेर लाखौं रुपैयाँ उठेको थियो । तर त्यो पैसा सचिनको पढाइ र उपचारमा नभई परिवारले फजुल खर्च गरेको भन्दै आलोचना पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment