Comments Add Comment

नेपाल पुगेका जीबिराई रातारात गायव

नेपाल पुगेका जीबिराई रातारात गायव

१७ कार्तिक २०८१, दार्चुला।
सहकारीको अरबौं रुपैयाँ अपचलन गरेका जीबिराई गत भदौं महिनामा नेपाल पुगेको जानकारी छ भने कुरा नमिलेपछि एमाले, कांग्रेस र रास्वपा ले नै मिलेर रातारात भगाएको कुरा यतिबेला सामाजिक सञ्जालमा भाईरल भइरहेको छ।

टंक दाहाल नामक युट्युब च्यानलका संचालक टंक दाहाल ले आफ्नो फेसबुक पेजबाट यो कुरा खुलाएका छन्। उहाँले लेख्नुहुन्छ:

✍🏿टंक दाहाल, “हिजो जिबिराईको नजिकैको मान्छे संग झन्डै १ घण्टा कुरा भयो, धमाकेदार खुलासहरु छन्, दिमाग घुम्ने गरिका कुराहरु छन्, सब का सब मिलेर राजनीति गरेका रहेछन यो केसमा। कांग्रेस, एमाले र रास्वपाको पनि राम्रै हात देखियो जीबीलाइ लुकाउनुमा। गत भदौमा जीबी लाइ नेपाल ल्याइएको पनि रहेछ, फेरी के कुरा मिलेन रातारात भगाइएको रहेछ। अस्तिको इमेल बारे पनि कुरा भो, क्याम्बोडियाबाट “आचार्य” थरका (एमाले नजिकका) व्यक्तिले पठाएको भन्ने छ, जिबिले होइन।  यो सुन्दा त नेपालका प्राय सबै राजनीतिक पार्टी प्रति घृणा जागेर आयो। नेपालका पत्रिकाले जस्तो “बिशेष सुत्रका अनुसार” भनेर सनसनी फैलाउन मन छैन तर बाहिर ल्याउनै पर्ने कुराहरु छन्। के गर्ने, के नगर्ने सोच्न सकेको छैन। अडियो रेकर्ड छ, उनीहरु तर्फको भनाइको, अरु प्रमाण मागेको छु । के गरौ लौ सल्लाह दिनुहोला।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment