Comments Add Comment

रबि लामिछाने पक्राउ गर्न सफल भएकोमा गगन थापालाई धन्यवाद: मनिष झा



आत्तिएको गगन थापा ओलीको संगतमा मात्तियो यो प्रतिशोध र कुण्ठाको राजनीति हो।


राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले रवि लामिछानेलाई पक्राउ गर्न सफल भएकामा कांग्रेस महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्।

शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै झाले कांग्रेस महामन्त्री थापालाई धन्यवाद भनेका हुन्। रवि लामिछाने पक्राउको घटनाले गगन थापा पनि नांगिएको उनले बताए।

‘कांग्रेसका महामन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु। गगन थापा तिमी पनि नांगियौ,’ झाले भने, ‘किनकी यो देशका नयाँ पुस्ताले राजनीति गर्नुपर्छ भनेर २० वर्षदेखि राजनीति गर्दै आएको मान्छे एउटा नयाँ दल, केही पढेलेखेका मान्छे, केही नयाँ राजनीतिक अभ्यास गर्न चाहनेहरू आउँदै गर्दा उ आत्तियो र ओलीको संगतमा मात्तियो।’

झाले रवि लामिछाने पक्राउ राजनीतिक प्रतिसोध र कुण्ठामात्रै रहेको समेत बताए। सरकारको उद्धेश्य सहकारी समस्या समाधान गर्ने पनि नरहेको उनले बताए।

सहकारी समस्या समाधान गर्ने हो भने प्रतिवेदनले भनेको ४० वटा सहकारीको ८७ अर्बको कुरा हुनुपर्ने झा बताउँछन्।

६५ करोड ५४ लाख गोर्खा मिडियामा ल्याएको छ। रबि दाइको कार्यकाललाई आधार मान्दा उहाँको कार्यकालमा उहाँको भागमा पर्ने जम्मा तीन करोड हो। हामी ८७ अर्बको कुरा गर भन्छौं । उनीहरू ३ करोडमा अड्किएका छन्,’ झाले भने।

उनले सहकारी पीडितहरूलाई पनि वर्तमान सरकारले सहकारी समस्या समाधान गर्छ भनेर विश्वस्त नरहन आग्रह गरे।

‘यिनीहरूको उद्धेश्य सहकारी समस्या समाधान गर्ने भएको भए ८७ अर्बको चर्चा गर्थ्यो। यिनिहरू केबल रवि लामिछानेको चर्चा गर्छन्। किनकी यो राजनीतिक प्रतिसोध हो कुण्ठा हो। कसैको राजनीतिक भविष्य सुरक्षित गर्ने मनोदशाले ग्रसित नेता केपी शर्मा ओलीको लागि भइरहेको कुण्ठा र प्रतिसोधको राजनीति हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै